यसरी हुँदै छ नवलपुरका विद्यालयमा एसइईको आन्तरिक मूल्याङ्कन (पुरा कुराकानी सहित)

0

१० असार । शिक्षा मन्त्रालयले एसइई परीक्षा सम्वन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेपछि नवलपुरमा पनि त्यसको तयारी वढेको छ ।

आन्तरिक मूल्याङ्कन कसरी गर्ने भन्ने अन्यौल वढिरहदा माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ पारित भई प्रकाशीत भएको छ । यसको कार्यान्वयनमा शिक्षा विकास तथा समन्वय इकाई नवलपुले चाँडै प्रधानाध्यापकहरुको बैठक राखेर छलफल गरी कामलाई अघि वढाउने प्रमुख कृष्णचन्द्र पोखरेलले विजय एफएमलाई जानकारी दिनुभयो ।

भोलि गण्डकी प्रदेशका ११ जिल्लाका शिक्षा विकास तथा समन्वय प्रमुखहरुको बैठक वस्ने र त्यसलगत्तै जिल्लामा सम्वन्धित विद्यालयका प्रअ, शिक्षक सहितको बैठक राखेर यसलाई तीव्र अघि वढाउने बताउनुभयो । कार्यविधि वारे प्रष्ट पार्ने र छलकपट हुन नदिन इकाई सतर्क रहेको भन्दै विद्यार्थीहरुलाई नआत्तिन आग्रह गर्नुभयो ।

विद्यार्थीलाई फेरि वोलाएर कुनै विद्यालयले परीक्षा लिन खोजे आफूहरुमा उजुरी गर्न आग्रह गर्दे पोखरलेले यो वीचमा एसइइकै लागि कुनै पनि परीक्षा गर्न नपाउने प्रष्ट पार्नुभयो । अहिले जिल्लाका सवै विद्यार्थीको हात हातमा पुस्तक पुगेको भन्दै वैकल्पिक माध्यमबाट पढाई भइरहेको पोखरेलले जानकारी दिनुभयो । अहिले विभिन्न माध्यमबाट भएको पढाईलाई आधार मानी विद्यालय खुलेपछि त्यहीबाट पढाउने नभई पुन सुरु बाट पढाई हुने भएकाले विद्यार्थीहरुलाई नआत्तिन उहाँको आग्रह छ ।

 

साथै कुनै निजी वा सामुदायिक विद्यालयले कुनै पनि वाहानामा शुल्क मागे भुक्तान नगर्न विद्यार्थी अभिभावकहरुलाई आग्रह गर्नुभएको छ । विद्यालय वन्द भएदेखिनै कुनै पनि शुल्क तिर्न नपर्ने सरकारको निर्णय भएकाले सरकारले जवसम्म शुल्क तिर्नु पर्ने निर्णय गर्छ तवमात्रै त्यसको पालना गर्न उहाँको आग्रह छ । अन्यथ विभिन्न सघ सगठनका नाउँमा आएका विज्ञप्तीले भनेर मात्रै शुल्क नतिर्न उहाँले प्रष्ट पार्नुभयो । साथै कसैले शुल्क लिएको पाईए छानविन गरी कारवाही गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

कुराकानी

एसइईका लागि आन्तरिक मुल्याङ्कन कसरी गरिदै छ? शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेल

Posted by 101.6 Vijaya FM on Tuesday, June 23, 2020

 

सरकारले जारी गरेको कार्यविधि

 

Share.

Leave A Reply