गैंडाकोटका थप ३ जनामा कोरोना संक्रमण पुष्टी, नगरमा संक्रमितको सख्या ११ पुग्यो

0

डोलराज रानाभाट, १० असार, गैंडाकोट । गैंडाकोट नगरपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीनै जना महिला हुनुहुन्छ । उहाँहरु जनक कजेलको क्वारेनटाइनमा वस्दै आउनुभएको थियो । संक्रमण पुष्टी हुनेहरुमा गैडाकोट नगरपालिका वडानम्वर १ का ३३ र ५१ वर्षीय तथा गैडाकोट १२ का ५६ वर्षीय हुनुहुन्छ । उहाँहरु मध्ये गैडाकोट १ का ३३ वर्षीय महिला कुवेतबाट, ५१ वर्षीय र ५६ वर्षीय महिला भारतबाट आइ क्वारेनटाइनमा वस्दै आउनुभएको गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । उहाँहरुलाई अहिले रजहरको आइसोलेसनमा राखिएको छ । कुनै पनि लक्षण नदेखिएको भन्दै उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताउनुभयो । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा उहाँहरुको स्वाव परीक्षण भएको हो ।यस सँगै गैडाकोट नगरपालिकामा सक्रमण पुष्टी हुनेहरुको सख्या ११ पुगेको छ । जसमा गैंडाकोट १ का ३३ वर्षीय पुरुष भने अन्तिम पीसीआर रिपोर्ट नेगेटिभ आई निको भएर घर फर्किसक्नुभएको छ ।

Share.

Leave A Reply