गैंडाकोट नगरपालिकाको सातौं नगर सभा भोलि, निति तथा कार्यक्रम र बजेट ल्याईदैं

0

प्रेम क्षेत्री ,असार ९, गैंडाकोट । गैंडाकोट नगरपालिकाको सातौं नगर सभा बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे गैंडाकोट रिसोर्टमा सभा बस्ने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । सभाले आर्थिक वर्ष २०७७–७८ का लागि निति तथा कार्यक्रम र बजेट ल्याउने छ । साथै सभामा आर्थिक विधेयक, विनियोजन विधेयक पेश गर्ने कार्यसुची रहेको उहाँले जानकारी दिनुभयो । गैंडाकोटमा आगामी आर्थिक वर्षका लागि ७० करोडको हाराहारीमा बजेट आउने अनुमान गरिएको छ ।

Share.

Leave A Reply