गैंडाकोट ३ का वडाअध्यक्ष तिवारी सात वटा विद्यालयको अध्यक्ष

0

माया कडेँल, ९ असार, गैंडाकोट । गैंडाकोट वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारी गैंडाकोट ३ का ७ वटा विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको छ । गैंडाकोट ३ मा रहेका श्रीकृष्ण गण्डकी मावी ढोडेनी, जनजागृती आधारभुत विद्यालय भोक्रोफाट, जनता आधारभ’त विद्यालय गडम्दी, मौलादेवी आधारभुत विद्यालय हर्दी, पञ्चकन्या आधारभ’त विद्यालय टाटरीवास, मंगलादेवी आधारभुत विद्यालय ढाब्ले, कालीगण्डकी बाल बिकास केन्द्र केलादीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको हो ।
सर्वोच्च अदालतले शिक्षा समितिको निर्णय सदर गरेपछि वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने प्रावधान सँगै गैंडाकोट ३ का वडाध्यक्ष तिवारी ७ वटा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको हो ।

 

श्रीकृष्ण मावी ढोडेनीमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष शिवकान्त तिवारी यस्तै सदस्यहरुमा ओम बहादुर शारु, मित्रामाया सुनार, अर्जुनकुमार बाचे, सदस्य सचिव प्रधानाध्यापक सूर्यनाथ तिवारी रहनुभएको छ ।

जनजागृती आधारभुत विद्यालय भाक्रोफाटको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष तिवारी यस्तै सदस्यहरुमा लालबहादुर थापा, मित्रामाया सुनार, पदम गन्द्रमा र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक पुर्णराम गन्द्रमा रहनुभएको छ ।

 

जनता आधारभुत विद्यालय गडम्दीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष तिवारी यस्तै सदस्यहरुमा मित्रालाल सुनारी, मित्रामाया सुनार, भुपाल आले र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गोकुल शिलवाल रहुभएको छ ।

 

मौलादेवी आधारभुत विद्यालय हर्दीको पनि विद्यालय व्यवस्थाप समितिको अध्यक्षमा नगर शिक्षा समितिको निर्णय सर्वोच्चले सदर गरेसंगै वडाध्यक्ष शिवकान्त तिवारी बन्नुभएको छ । यस्तै सदस्यहरुमा प्रेम बहादुर गुरुङ, हरिप्रसाद पौडेल , दिपा गुरुङ रहनुभएको छ भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक केदारनाथ पौडेल रहुभएको छ ।

पञ्चकन्या आधारभुत विद्यालय टाटरीवासको विद्यालय व्यवस्थाप समितिको अध्यक्षमा वडाध्यक्ष तिवारी यस्तै सदस्यहरुमा रुद्रप्रसाद पौडेल, दिपा गुरुङ र सदस्य सचिवमा राधिका भण्डारी रहनुभएको छ ।

मंगलादेवी आधारभुत सवद्यालय ढाव्लेमा पनि वडाध्यक्ष तिवारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष , सदस्यहरुमा रामचन्द्र पुलामी, मित्रामाया सुनार, विरबहादुर मश्राङ्गी र सदस्य सचिवमा मान सिं सिञ्जाली रहनुभएको छ ।

यस्तै

कालीगण्डकी वालबिकास केन्द्र केलादीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष तिवारी सदस्यहरुमा हरिनारायण, दिपा गुरुङ, हरि बहादुर मिश्र र सदस्य सचिवमा मन माया थापा रह’भएको जनाईएको छ ।

 

विद्यालयको स्तरउन्ती र शैक्षीक बिकासका लागि वडाले पहिले देखी कार्य गर्दे आएको र आगामी दिनमा पनि काम गर्ने वडाध्यक्ष तिवारीले बताउनुभयो ।

Share.

Leave A Reply