सांसद नेपालीको निर्वाचन क्षेत्र मा ०७७/०७८ का लागि १७ करोड ७२ लाख ५० हजार बजेट (कहाँ कति हेर्नुहोस् )

0

सांसद कृष्णचन्द्र नेपाली

डोलराज रानाभाट

९ असार, गैंडाकोट ।

गण्डकी प्रदेशका सांसद एवम् प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपालीको निर्वाचन क्षेत्र नवलपरासी पूर्व १ क मा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १७ करोड ७२ लाख ५० हजार बजेट विनियोजन भएको छ । जसमा भौतिक तर्फ १७ करोड १९ लाख ५० हजार, सामाजिक तर्फ ३५ लाख र वन पर्यटन र उद्योग तर्फ १८ लाख विनियोजन भएको छ ।

भौतिकतर्फको सडक र पुल निर्माणका लागि मात्रै ९ करोड बजेट विनियोजन भएको छ ।

जसमा मुकुन्दपुर बुलिङटार सडकको लागि ५ करोड,

गैंडाकोट चक्रपथका लागि ५० लाख,

नन्दन कालिका मार्गका लागि ५० लाख,

गैंडाकोट १ र ३ को हर्दि जोड्नका लागि ५० लाख,

गैंडाकोट १४ भागर देखि गैंडाकोट १८ को हुर्जील जोड्ने सडकका लागि ५० लाख,

कुस्मेनी पुलदेखि शान्ती गैराका लागि ५० लाख,

जगदम्वा पेट्रोल पम्प देखिका लागि ५० लाख,

रजहर पचाहा देखि बाह्रकोल छरछरेका लागि ५० लाख,

जयश्री खोला पुन वडानम्वर ७ र ९ जोड्नका लागि ५० लाख बजेट विनियोजन भएर आएको छ ।

त्यस्तै तटवन्धका लागि ९० लाख बजेट विनियोजन भएको सांसद नेपालीका स्वकीय सचिव राजेन्द्र उपाध्याले जानकारी दिनुभयो ।

जसमा मिनी झराहीको पुछार नारायणी देवचुली १७ मा तटवन्ध निर्माण गर्न का लागि २५ लाख,

नारायाणी नदी स्थित राधाकृष्ण मन्दीर गैंडाकोट ५ मा तटवन्धका लागि ५० लाख,

महिला विकास केन्द्र गैंडाकोट ७ को तटवन्धका लागि १५ लाख रुपैया बजेट विनियोजन भएको छ ।

कृषि नै समृद्धीको आधार मान्ने सांसद कृष्ण चन्द्र नेपालीको पहलमा प्राप्त बजेट मध्ये सिचाई तर्फ ३ करोड १४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

जसमा

भेडावारी सिचाई गैडाकोट ११ का लागि ५ लाख,

अमरापुरी गैडाकोट १५ को सतही सिचाई का लागि १० लाख,

नगरटाँडी सिँचाई गैंडाकोट १५ का लागि ४० लाख,

कुजौली स्यालो बोरीङ देवुचली १७ का लागि २० लाख,

धराई खोला छिपेनी गुठी देवचुली १७ का लागि ५० लाख,

वृहत गैंडाकोट सिचाई १४,१५,१६ का लागि २० लाख,

आपचौर रजहर वगडी देवचुली १७ मा डिप वोरिङा लागि २४ लाख,

एकता डिप वोरिङ गैडाकोट १७ का लागि २५ लाख,

कृषक भूमिगत सिँचाई गैडाकोट १५ का लागि २३ लाख,

थामवेसी डिप वोरिङ बुलिङटार १ का लागि ११ लाख ५० हजार,

नमुना कृषक डिप वोरिङ देवचुली १७ का लागि २३ लाख,

मिलीजुली देवचुली १७ का लागि डिपवोरिङमा १० लाख,

मिलीजुली शान्ति देवचुली १७ का लागि डिप वोरिङमा २५ लाख र शिवनगर कृषक गैडाकोट ६ का लागि डिप वोरिङतर्फ २८ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै खानेपानी आयोजना तर्फ ४ करोड १५ लाख बजेट विनियोजन भएको छ ।

जसमा

दिव्यपुरी वृहत खानेपानी देवचुली १ देखि १५ सम्म का लागि १ करोड ३० लाख,

गैडाकोट १८ को कामी खोला खानेपानी आयोजनाका लागि १७ लाख,

गायटाँडी खानेपानी प्रशोधन गैडाकोट १४ का लागि २८ लाख,

डाडाझेरी खानेपानी आयोजना बुलिङटार २ का लागि १२ लाख,

वसेनी खानेपानी आयोजना गैडाकोट १८ का लागि १२ लाख,

अमरापुरी खानेपानी आयोजनाका लागि ७५ लाख,

भागर खानेपानी आयोजना गैंडाकोट १४ का लागि ४१ लाख र ढोडेनी खानेपानी आयोजना गैडाकोट ३ का लागि १ करोड बजेट विनियोजन भएको छ ।

सामाजिक विकास तर्फ ३५ लाख बजेट छुट्याइएको छ । जसमा

आदीवासी जनजातीको संग्रालय गैडाकोट का लागि २० लाख,

देवचुली फ.लि.ना. क्होइवो देवचुली १७ का लागि ५ लाख

र हनुमान मन्दिर चक्रघाट गैडाकोट ९ का लागि १० लाख बजेट विनियोजन भएको छ ।

 

त्यस्तै वन पर्यटन र उद्योगतर्फ १८ लाख विनियोजन भएको छ ।  जसमा

धवाह ताल गैडाकोट ८ का लागि ५ लाख,

सुम्नीमा वन वाटीका गैडाकोट १ का लागि ५ लाख,

कोलडाँडा उद्यान गैडाकोट ३ का लागि ५ लाख

र शिव मन्दीर पर्यटन पूर्वाधार गैडाकोट १७ का लागि ३ लाख बजेट विनियोजन भएर आएको छ ।

 

यसरी १७ करोड ७२ लाख ५० हजारको बजेट कार्यान्वयन गरी आफ्नो निर्वाचन क्षेत्रका जनतालाई विकासको अनुभूति दिलाएरै छाड्ने सांसद नेपालीले बताउनुभयो ।

Share.

Leave A Reply