नियमविपरीतका कार्य गरेमा चितवन काँग्रेसले आफ्ना र अन्य भन्दैन ः सभापति श्रेष्ठ (सुन्नुहोस् पुरा कुराकानी)

0

९ असार । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जित नारायण श्रेष्ठले महामारीको समय होस वा अन्य, नियम विपरीत कार्य गर्नेलाई कारवाही हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस चितवन आफ्ना र अन्य नभनी महामारीमा पनि कमाउन खोज्नेहरु विरुद्ध निरन्रत आवाज उठाइरहेको भन्दै कोरोना अस्थायी अस्पतालको चोरी प्रकरणको ढिलै भएपनि छानविन समिति बनेकोमा सत्य तथ्य चाँडै वाहिर आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । आफूहरुले माग गरेको समयमै समिति गठन गरेर छानविन हुनुपर्ने भएतापनि ढिलो भएको बताउँदै श्रेष्ठले केही कर्मचारीलाई देखाएर अनियमितता गर्ने अन्य व्यक्ति लुक्न नपाउने प्रष्ट पार्नुभयो । सत्यतथ्य छानविन होस् भन्ने आफूहरुको माग रहेको उहाँको भनाई थियो ।

महानगर सहित जिल्लाका ९८ वटै वडामा निरन्तर निगरानी राख्न, कोरोना संक्रमितको व्यवस्थापन देखि क्वारेनटाइनमा वस्नेहरुको सेवा सुविधामा कमी आउन नदिन निरन्तर आवाज उठाइरहन पार्टीले सवै भातृसंस्था सहित जनप्रतिनिधिहरुलाई पनि निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । यो समय मानव जिवन बचाउने वेला भएकाले अहिले गरिने खर्च र आगामी बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत गर्न आफूहरुले निरन्तर खवरदारी गरिहरेको भन्दै बाटो कालोपत्रे लगायतका कार्यमा बजेट हाल्ने समय अहिले नभएको उहाँको भनाई छ ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिध सहित अन्य सवै स्थानीय तहलाई महामारी नियन्त्रण र विदेशबाट फर्किएका तथा स्वदेशमै रहेका बेरोजगारीहरुलाई रोजगार उपलब्ध गराउने कार्यक्रममा केन्द्रीत गरेर बजेट ल्याउन आफूहरुले सुझाव दिएको श्रेष्ठले बताउनुभयो । अहिले केन्द्र सरकार नै गैरजिम्मेवार हुँदा स्थानीय तहमा समस्या देखिएको भन्दै उहाँले अन्तिम पटक पीसीआर परीक्षण नगरी घर पठाउने नियम व्यवहारिक नभएको बताउनुभयो ।

व्यक्ति १४ दिन देखि अझै धेरै आफूलाई निको बनाउन अस्पताल वस्ने तर अन्तिममा ढुक्क भएर सम्म पठाउन नसक्ने सरकार भ्रष्टचारमा लागेकाले जनताले दुख पाएको श्रेष्ठको भनाई छ ।

 

सुन्नुहोस् पुरा कुराकानी

के चितवनको कोरोना अस्पतालको चोरी प्रकरण सेलाएको हो? कोरोना नियन्त्रण तथा रोकथाममा चितवनका सरकार सफल छन् ?के गरिरहेको छ त प्रतिपक्ष दल नेपाली काँग्रेस चितवन ः अध्यक्ष जित नारायण श्रेष्ठ

Posted by 101.6 Vijaya FM on Monday, June 22, 2020

Share.

Leave A Reply