आज ५ सय ३५ जनामा कोरोना पुष्टी, संक्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुग्यो

0


माया कंडेल
असार ८, नवलपुर
वाग्मती प्रदेशको रसुवा जिल्ला बाहेक नेपालका ७६ जिल्लामा कोरोना (कोभिड–१९) देखिएको छ । आज ५ सय ३५ जनामा कोरोना पुष्टी भएसंगै संक्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । उहाँले आज ७४ महिला र ४ सय ६१ जना पुरुष गरि ५ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । हालसम्म ८ सय ९४ महिला , ८ हजार ६ सय ६७ पुरुष गरि नेपालमा संक्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको हो । आज ३२ जना महिला र ३ सय ३८ पुरुष गरि ३ सय ६० जना कोरोना निको भएर घर फर्किएका छन । भने हालसम्म देशभरबाट २ हजार १ सय ४२ जना कोरोना निको भएर घर फर्किएका हुन । देशभर २२ वटा प्रयोगशालाबाट कोरोना परिक्षण हुदै आईरहेको छ ।

Share.

Leave A Reply