सामुदायीक प्राकृतिक चिकित्सालय रजहरबाट आज ७ जना कोरोना संक्रमित निको भएर घर फर्किए

0


माया कंडेल
असार ८, नवलपुर
सामुदायीक प्राकृतिक चिकित्सालय रजहरबाट आज ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । शनिबार न्याजोफ्यारेजियल नमुना संकलन गरि गरिएको आरटि पिसिआर परिक्षण अनुसार कोभिड–१९ नेगेटभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले डिस्चार्ज गरिएको प्राकृतिक चिकित्सालय रजहरका निर्देशक विनोद पौडेलले जानकारी दिनुभयो । कोरोना संक्रमित आज पहिलो पटक डिस्चार्ज गरिएको हो ।
गैंडाकोट नगरपालिका वडा ७ का ३३ बर्षका १ जना पुरुष , देवचुली नगरपालिका वडा नम्बर ६ का २३ बर्षका १ जना पुरुष, कावासोती नगरपालिका वडा नम्बर १ का २ जना २१ र ४० बर्षका पुरुष, बौदीकाली गाउँपालिका वडा नम्बर ४ का २ जना ३० र ३२ बर्षका पुरुष, विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ३३ बर्षका १ जना पुरुष डिस्जार्च हुनुभएको हो । यस्तै आज नै ६ बर्षीय बालिका पनि घर फर्किनुभएको  छ । उहाका बाबा संक्रमित भएपछि बाबा संगै कोरोना नेगेटिभ भएपनि आईसोलेसनमा रहनुभएकी ६ बर्षीय बालिका पनि घर जानुभएको सामुदायीक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभएको छ । उहाँहरुलाई १४ दिन होम क्वारेन्टिनमा रहन भनिएको पनि उहाँले विजय एफएमसँग कुराकानी गर्दै बताउनुभयो ।
सामुदायीक प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा रहेका अन्य संक्रमितको अवस्था सामान्य रहेको पनि सामुदायीक प्राकृतिक चिकित्सालय रजहरद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
सामुदायीक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक विनोद पौडेलले प्राकृतिक चिकित्सालय रजहरमा आईसोलेसन वेड थप्ने र अझै व्यवस्थित बनाउदै लगिने बताउनुभयो ।

Share.

Leave A Reply