गैंडाकोट नगरपालिकाका २ सहित २१ जनामा कोरोना पोजेटिभ

0


माया कंडेल
असार ८, नवलपुर
गैंडाकोट नगरपालिकाका २ सहित २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा असार ७ गते आईतबार संकलन गरिएका आरटि पिसिआर परिक्षण गरिएका २ सय ४९ नमुना मध्ये २१ जनामा कोरोना पुष्टी भएको हो । नवलपुरका १६ जना र चितवनका ५ जनामा संक्रमण पुष्टी भएको हो ।
गैंडाकोट नगरपालिका वडा नम्बर १७ नवलपुरका ३५, २८ बर्षका २ पुरुष, बुलिङटार ३, ४, ५ र ६ वस्ने वर्ष ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४ र २४ बर्षका १४ पुरुष, चितवन माडी नगरपालिका वडा नम्बर २, ६, ५ र ८ वस्ने ७, ३४, २८ र ३२ बर्षका ४ जना पुरुष, भरतपुर २८ चितवन वस्ने वर्ष २९ का १ पुरुषमा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ । वाँकी २२८ वटा नमुनाको कोभिड–१९ नतिजा नेगेटिभ रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालका ३३, नवलपुरका ७३, सी.एम.सीका १३, सि.एम.एस.का २०, विपीकेएमसिएचका २३, भरतपुर महानगरपालिकाका ४२, नारायणी सामुदायिक अस्पतालका ३, माडी न.पा.का १३, सेन्ट्रल अस्पतालका ४, इच्छाकामना गाउँपालिकाका १, राप्ती नगरपालिकाका १९, खैरहनी नगरपालिकाका ५, गरि जम्मा २४९ नमुना संकलन गरि परिक्षण गरिएको थियो ।

Share.

Leave A Reply