प्राकृतिक चिकित्सालय रजहरबाट आज ७ जना कोरोना संक्रमित निको भएर घर फर्किदै

0

 


माया कंडेल
असार ८, नवलपुर
प्राकृतिक चिकित्सालय रजहरबाट आज ७ जना कोरोना संक्रमित निको भएर फर्किन लागेका छन । जिल्ला जनस्वास्थ्य अधिकृत केशव प्रसाद चापागाईका अनुसार पिसिआर नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गर्न लागिएको हो । हालसम्म प्राकृतिक चिकित्सालय रजहरका निर्दैशक विनोद पौडेलका अनुसार १२१ जना संक्रमित रहदै आएका थिए । ७ जनाको डिस्चार्ज गरिएपछि भने १ सय १४ जना हुने पनि विजय एफएम संग कुराकानी गर्दै जानकारी दिनुभएको छ । केहि समयमा विज्ञप्ती निकालिने र कहाँ कुन नगरपालिकाका संक्रमित निको भएको जानकारी दिईने बताउदैं गैंडाकोट नगरपालिकाका संक्रमित पनि निको भएर फर्किन लागेको बताउनुभयो प्राकृतिक चिकित्सालय रजहरमा आईसोलेसन वेड थप्ने र अझै व्यवस्थित बनाउदै लगिने पनि पौडेलले बताउनुभयो ।

Share.

Leave A Reply