कोरोना महामारीपछि घुमौँ चितवन अभियान चलाउछौँ , प्रचारप्रसारका लागि पर्यटन टेलिभिजन आवश्यक छ ः अध्यक्ष भट्टराई

0

डोलराज रानाभाट, ८ असार, गैंडाकोट । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले कोभिड १९ का कारण सवै होटलहरु पूर्णरुपमा वन्द भएको भन्दै व्यवसाय कसरी बचाउने भन्नेमा आफूहरु केन्द्रीत रहेको बताउनुभयो । केन्द्र सरकारलाई समयमै होटल व्यवसाय बचाउन सुझावहरु दिएपनि बजेट आउदासम्म पनि पर्याप्त सम्वोधन नभएको भन्दै गुनासो गर्नुभयो । अहिले स्थनीय सरकारलाई विभिन्न सुझावहरु पेश गरेको भन्दै उहाँहरु सकारात्मक रहेको भट्टराइले बताउनुभयो । होटलहरुमा क्वारेनटाइन निर्माण गरी केही घाटालाई उठाउन मद्दत मिल्ने भएपनि यसतर्फ ढिला गरी सरकारले चासो दिएको भट्टराइको भनाई छ । अहिले पनि सौराहाका २९ वटा होटलहरु क्वारेनटाइन निर्माणका लागि छनौट गरी पठाएपनि एक व्यक्ति नवसेको बताउनुभयो ।

हात्तीविना सौराहाको शुन्दरता र पर्यटकीय क्षेत्रको कल्पना सम्म गर्न नसकिने भन्दै अध्यक्ष भट्टराइले तत्काल निजी हात्तीहरु बचाउन निकुञ्जले साथ दिनुपर्नेमा जोड दिनुभयो । ७० वटा निजी हात्ती रहेको भन्दै निकुञ्जभित्र हात्ती चराउन नपाईने नियम रहेपनि व्यवहारिकतालाई हेरी निकुञ्जको छेउछाउमा कुहिर जाने घाँसहरु हात्तीका लागि उपलब्ध गराउन आग्रह गर्नुभयो । केही समय पहिले उपलब्ध भएर वीचमा रोकिदा थप समस्या भएको भन्दै समाधानमा निकुञ्ज सकारात्मक रहने बताउनुयभो ।

लकडाउन खुलेपछि हात्तीले नै व्यवसायलाई फस्टाउन सहयोग गर्ने भन्दै अहिले आफूहरु आन्तरिक पर्यटक कसरी भित्राउन सकिन्छ भन्नेमा केन्द्रीत रहेको बताउनुभयो । कोभिड १९ को सामान्य अवस्था भएपछि पनि २ वर्षसम्म पहिलेकै अवस्थमा ल्याउन समय लाग्ने भएकाले अत्यधिक आत्नरिक पर्यटक भित्राउने गरी नयाँ योजनाहरु निर्माणमा आफूहरु लागि परेको भट्टराइले बताउनुभयो ।

 

भिजिट नेपाल २०२० सफल पार्न पूर्णरुपमा तयार रहेको भएपनि कोरोना महामारीले असफल हुँदा दुख लागेको बताउनुभयो । ४ लाख पर्यटक भित्राउने पूर्ण तयारी हुँदा सफल हुन सकेन उहाँले भन्नुभयो,“गत वर्षनै १ लाख ८२ हजार पर्यटक सौराहा आएका थिए । यस पटक सुरुवाती अवस्थामै १ लाख ७५ हजार पर्यटक आइसकेका थिए ।”

अहिले व्यवसाय बचाउन मात्रै सके विस्तारै सौराहा उठ्ने भन्दै भट्टराइले सरकारले राहत प्याकेज ल्याउन आवश्यक रहेको बताउनुभयो । आफूलाई कालो सूचीमा राखिने होकी भन्ने चिन्ता रहेको भन्दै वैँकको ऋणको व्याजलाई पुनरकर्जामा हाल्नुपर्ने , पुन व्यवसाय उठाउन २५ देखि ३० प्रतिशत कर्जा सौलियत दरमा ऋण दिनुपर्ने, कर छुट लगायतमा ध्यान दिन आग्रह गर्नुभयो । साथै अव पर्यटकीय क्षेत्रको थप प्रचारप्रसार गर्न पर्यटकय टेलिभिजन स्थापना गर्नुपर्ने र सवै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा लाग्नुपर्ने उहाँको भनाई छ ।

सुन्नुहोस् पुरै कुराकानी .

सौराहामा रहेका होटल तथा पर्यटन क्षेत्रमा कति असर परेको छ ? यसको बचाउका लागि के गर्नुपर्छ

Posted by 101.6 Vijaya FM on Sunday, June 21, 2020

Share.

Leave A Reply