लागुऔषध मुद्दामा पक्राउ परेकाले झुट्टा वयान दिएको भन्दै गैंडाकोट १३ बेल्डियाका परिवारको आपत्ति

0

८ असार । यही असार ५ गते बोलेरो जीप चेकजाँच गर्दा लागुऔषध कारोवारमा संलग्नलाई चितवन प्रहरीले पक्राउ गरेको मध्य एक युवतीले झुठो वयान दिएको खुलेको छ । गैंडाकोट १६ बेल्डिया वर्ष १९ बविता महतो बताएकी युवतीले झुठो वयान दिएको भन्दै वास्तविक बविता महतोको परिवारले आपत्ति जनाउनु भएको छ ।

बविताको वुवाले आज विहान विजय एफएममा फोन गरी उक्त वयान मेरो छोरी सँग मिल्ने तर छोरी हाम्रो साथमै रहेको र त्यस्तौ कुनै पनि गतिविधिमा नरहेको पनि प्रष्ट पार्दै झुठो वयानप्रति कडा आपत्ति जनाउनुभएको छ । थारु समुदायकै वदनाम गराउने गरी भएको वयान तत्काल सच्चाई आफूलाई न्याय दिलाउन उहाँको माग छ । चितवन प्रहरीले हिजो सार्वजनिक गरेको विवरणमा गैडाकोट १६ बेल्डिया वर्ष १९ की बविता महतो सहित ५ जना पक्राउ परेको विवरण सार्वजनिक गरेको थियो । जवकी गैडाकोट १६ बेल्डिया पर्दैन ।

बेल्डिया गैडाकोट १३ मा पर्छ । यता चितवन प्रहरीका प्रहरी निरीक्षक सुवास भट्टले यो प्रारम्भिक अनुसन्धान भएकाले पक्राउ परेकाहरुले जे वयान दिए त्यसैको आधारमा ठेगाना र नाम सार्वजनिक गरिएको भन्दै अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताउँदै छिट्टै सवै कुरा पत्ता लाग्ने बताउनुभयो ।

अहिले परिवारको दावीलाई मात्रै आधार माने ठेगाना सच्याउन नमिल्ने भन्दै यो प्रारम्भिक अनुसन्धान भएकाले सवै कुराको सत्य तथ्य वाहिर ल्याउने बताउनुभयो । लागुऔषधमा पक्राउ परेकाहरुले सुरुमा झुट्टा विवरण दिन सक्नेलाई अस्विकार गर्न नसकिने भन्दै पटक पटक ९० दिनसम्म अनुसन्धान गर्न पाउने नियम भएकाले सवै कुरा पत्ता लगाई जानकारी उपलब्ध हुने बताउनुभयो ।

 

Share.

Leave A Reply