बोलेरो जिप लिएर लागुऔषध कारोवारमा, गैडाकोट बेल्डियाका एक सहित पाँच जना पक्राउ

0

७ असार, गैंडाकोट । लकडाउनको समयमा बोलेरो जीप लिएर लागु औषध ओसारपसारमा संलग्न ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ बेल्डिया बस्ने वर्ष १९ की बविता महतो नाम बताउने समेत  रहेको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा असार ५ गते साँढे ११ बजे राति भरतपुर महानगरपालीका वडा नं २ बिक्रम मार्ग स्थित सडकमा ना ४ प ४४३९ नम्वरको बोलेरो चेकजाँच गर्ने क्रममा कारोवारमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

बोलेरोमा सवार भ.म.न.पा. ४ बाह्रघरे बस्ने बर्ष २१ को अनुज भन्ने भुदत्त परियारले आफ्नो साथमा लुकाई छिपाई ल्याएको लागुऔषध फेनारागन २ एमएल २५५ थान, नुफिन २ एमएल २५५ थान, र डाइजोपाम २ एमएल २५५ थान फेला पारी सोधपुछ गर्दा थप चार जना पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ पर्ने अन्य व्यक्तिहरु भ.म.न.पा. ३ नगरवन बस्ने बर्ष २२ को अविनाष बोटे, भ.म.न.पा. २१ बस्ने बर्ष २६ को आशिष थापा सोही ठाउँ वस्ने बर्ष २२ कि कञ्चन उपरकोटी रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतबाट अनुमती लिई थप अनुसन्धान कार्य भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply