गैडाकोट ७ द्धारा ८० वर्ष माथिका ज्यष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मान

0

७ असार । गैडाकोट नगरपालिका वडानम्वर ७ ले विगतका वर्षमा जस्तै यस वर्षपनि ८० वर्ष माथिका ज्यष्ठ नागरिकलाई सम्मान गरेको छ । कोभिड १९ का कारण भेला गरी औपचारिक कार्यक्रम हुन नसकेपनि घर घरमै पुगेर वडामा रहेका २४ जना ज्यष्ठ नागरिकलाई सम्मान गरिएको वडा सदस्य इश्वरी चापागाईले जानकारी दिनुभयो ।

 

गैडाकोट नगरपालिकाको आर्थिक सहयोगमा वृद्धवुवाहरुलाई दौरा सुरुवाल,वृद्धा आमाहरुलाई साडी प्लाउज सहित खानेकुरा दिएर दोसल्ला ओढाई सम्मान गरिएको हो ।

 

ज्यष्ठ नागरिक समाजका मार्गदर्शक रहेका र उनीहरुलाई सधैँ सम्मान र आदरका साथ जिवन व्यतित गराउने भूमिका सवैको भन्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिएको वडाअध्यक्ष चोलानाथ उपाध्याले बताउनुभयो । कार्यक्रममा वडासदस्यहरु त्था वडा सचिव को सहभागीता थियो ।

Share.

Leave A Reply