नवलपुर जिल्लामा संकलित ३७५ स्वावको रिपोर्ट आउन वाँकी

0

डोलराज रानाभाट, ७ असार, गैंडाकोट । आज बुलिङटार गाउँपालिकामा पनि एक जनामा संक्रमण पुष्टी भएको छ । यो सँगै नवलपुर जिल्लामा कोरोना संक्रमितको सख्या १३२ पुगेको छ ।

गैडाकोट नगरपालिकामा ६ जना, देवुचली नगरपालिकामा ९ जना, कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दु नगरपालिकामा ३९ जना, विनयी त्रिवेणी गाउँपालिकामा १३ जना, हुप्सेकोट गाउँपालिकामा ३२ जना, बुलिङ्टार गाउँपालिकामा १३ जना, वौदिकालि गाउँपालिकामा १४ जना संक्रमित रहेका छन् । यसरी जिल्लामा आजसम्म १५ सय २१ जनाको पीसीआर प्रविधिबाट जाँच सम्पन्न भएको छ । त्यसमध्ये १३ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्तिम रिपोर्ट नेगेटिभ आई घर फर्कनेको सख्या २ रहेको छ ।

 

अझै जिल्लामा जेठ २२ गते संकलन गरिएका ४ वटा स्वावको , जेठ २५ गते संकलन गरिएका १९ जनाको, जेठ २६ गते सकलन भएका ३६ जनाको, जेठ २८ गते संकलित ७२ जनाको, जेठ २९ गते संकलित ७२ जनाकै, जेठ ३२ गते सकलित २६ जनाको, असार १ गते संकलित ३६ जनाको, असार २ गते संकलित ११ जनाको, असार ४ गते संकलित ४८, असार ५ गतेको २४ र आज गैडाकोटमा संकलन गरिएको १७ जना गरी ३७५ जनाको रिपोट अझै आउन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमा प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply