किस्तावन्दीमा रिपोर्ट दिँदा गैंडाकोटमा गडबड, संक्रमितसँगै कोठामा रहेका ३ जनालाई पुन क्वारेनटाइनमा ल्याइयो

0

तस्विर ः स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको सामाजिक सञ्जाल

डोलराज रानाभाट, ७ असार । गण्डकी प्रदेशको कोभिड १९ परीक्षण प्रयोगशालाले एकै पटक संकलित स्वावको रिपोर्ट किस्ता किस्तामा दिएपछि गैडाकोट नगरमा समस्या उत्पन्न भएको छ ।

गत जेठ २८ गते गैडाकोट १ मा रहेको शमशेर माविमा रहेकामध्ये १४ जनाको एकै पटक स्वाव संकलन गरि परीक्षणका लागि पठाइएको १४ स्वाव मध्ये पहिलो पटक ९ वटा स्वावको रिपोर्ट हिजो नेगेटिभ आएको भनी रिपोट दिएको प्रदेशले आज वाँकी ५ मध्ये ४ जनाको रिपोर्ट आज दियो । हिजो दिएको रिर्पोटमा नेगेटिभ आएपछि घर पठाइएका व्यक्तिहरुसँगै रहेको कोठाका एक जनाको रिपोर्ट आज पोजेटिभ देखिएपछि घर पठाइएकालाई आज पुन क्वारनेटाइनमा ल्याइएको छ ।

पछिल्लो ५ स्वाव मध्ये ४ वटा स्वाव जाँच भएको र त्यसमा १ पोजेटिभ ३ नेगेटिभ आएको थियो । एक जनाको अहिले जाँचकै प्रकृयामा रहेको छ । पोजेटिभ आएका व्यक्ति गैंडाकोट नगरपालिका वडानम्वर ३ का २० वर्षीय पुरुष रहनुभएको छ । उहाँसँगै कोठामा वस्नुभएका अन्य ३ जनाको रिपोर्ट हिजो नेगेटिभ आएपछि घर पठाइएको थियो । यद्यपी उहाँहरु होमक्वारेनटाइनमा वस्नुभएकोले समुदाय स्तरमा डर नभएको बताइएको छ ।

 

यो घटनाले क्वारेनटाइनबाट होम क्वारेनटाइनमा वस्न गरिएको आग्रहलाई पूर्ण पालना गर्नुपर्ने सन्देश मिलेको छ । आज संक्रमण पुष्टी भएका युवालाई रजहरको आइसोलेसनमा राखिएको नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँ सँगै नगरभित्र संक्रमितको सख्या ६ पुगेको छ । सवै जनालाई रजहरमा राखिएको छ ।

यता सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले अवबाट रिपोर्ट समयै दिने गरी काम भएको विजय एफएमको कार्यक्रम आजको सवालमा बताउनुभयो । जेठ २८ को रिपोर्ट नदिँदै जेठ ३२ तिरको रिर्पोट दिए भन्ने गुनासो आफूलाई पनि आएको र त्यसको समाधानमा आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

 

पीसीआर मेशिन नयाँ खरिदका लागि प्रदेशले प्रकृया अघि वढाएको र अहिले सीमीत कर्मचारीको अधिकताम प्रयोगबाटै सेवा दिइरहेको बताउनुभयो । यो समय समुदाय वढि सचेत हुन आवश्यक रहेको भन्दै क्वारेनटाइनमा रहनेहरु निश्चित भौतिक दुरी कामय गरी राख्न उहाँको सुझाव छ ।

Share.

Leave A Reply