गैडाकोटनगरको कृषि शाखाद्धारा अनुदानमा कृषि सामाग्री हस्तान्तरण, उत्पादन लागत घट्ने विश्वास

0

तस्विर ः तारा उपाध्याय

डोलराज रानाभाट, ७ असार, गैंडाकोट । उत्पादन लागत घटाउँदै कृषिकार्यहरु छिटो र छरितो सम्पन्न हुने गरी गैडाकोट नगरपालिकाको कृषि शाखाले कृषिका आधुनिक औजारहरु वितरण गरेको छ । गत भदौ महिनामा सूचना जारी गरेर आवेदन माग गरिए अनुसार छनौटमा परेका कृषि समूह र फर्महरुलाई औजारहरु वितरण गरिएको शाखा प्रमुख राजु शर्माले जानकारी दिनुभयो ।

नगरपालिकामा आज एक कार्यक्रमका वीच नगरप्रमुख छत्रराज पौडेल र नगर उपप्रमुख विष्णु कुमारी कडेँलले सामाग्री हस्तान्तरण गर्नुभएको थियो । खेतवारी जोत्न मिल्ने मिनी टिलरका लागि २५ वटा निवेदन परेकोमा १८ समूह तथा फर्मलाई वितरण गरिएको छ । त्यस्तै धान काट्ने मेशिन रिपरका लागि ३ वटा निवेदन परेकोमा ३ वटै समूह तथा फर्मलाई र च्याउ वनाउदा पराल काट्ने चाप कटर एक समूहलाई वितरण गरिएको हो । प्रविधिको प्रयोगबाट लागत खर्च घटाउने, हलोबाट जोत्न युवाहरु प्रोत्साहित नहुने हुनाले ट्याक्टर अनुदानमा वितरण गरिएको शर्माले बताउनुभयो ।

७० प्रतिशत नगरपालिका र ३० प्रतिशत किसानले तिर्ने गरी सामाग्री सहयोग गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, आर्थिक विकास समितिका संयोजक रमेश भट्टचन, सदस्य प्रेम सापकोटा सहितको उपस्थिती थियो ।

अनुदानमा सामाग्री पाउनेहरुमा गैडाकोट १८ का ७ वटा समूह तथा फर्म, गैडाकोट ३ का सात वटा समूह तथा फर्म, गैडाकोट ४ का १ वटा , गैडाकोट ८ का १ गैडाकोट १२ का ३ , गैडाकोट १४ का २ र गैडाकोट १६ का १ र्फम तथा समुह रहेका छन् । पाँच वटा समूह भने आज उपस्थित नभएको र भोलि वितरण गर्ने शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । मेशनी विग्रीएमा पहिलो चरणमा कम्पनीले निशुल्क गराइदिने त्यसपश्चात कम्पनीकै मर्मत कर्ता आउने र बनाइदिने गरी मेशिन खरिद गरिएको शर्माले बताउनुभयो ।

Share.

Leave A Reply