बन्द उद्योग सञ्चालनमा सहजीकरण गरिदिन पालिकाहरुलाई नवलपुर उद्योग संघको आग्रह

0


प्रेम क्षेत्री
असार ७, गैंडाकोट । नवलपुर उद्योग संघले कोभिड–१९को कारणले वन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्न सहजीकरण गरिदिन पालिकाहरुलाई आग्रह गरेको छ ।
आज बसेको बैठकले उद्योगहरुलाई पालिकाले लिने कर, राजस्वमा विशेष सहुलियत प्रदान गर्न समेत पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको नवलपुर उद्योग संघ महासचिव केबी रानाले जानकारी दिनुभयो । स्थानीय पालिकाहरुले आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्दा यस कोभिड–१९को कारणले वन्द रहेका उद्योग सञ्चालनमा सहज वातावरण निर्माणका लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।
त्यसैगरि जिल्लामा रहेका उद्योगहरुमा काम गर्ने विस्थापित जनशक्ति, पुन फर्कने सम्भावना, अन्यलाई रोजगारी दिन सक्ने सम्भावनाको विषयमा अध्यायन गर्ने, आगामी दिनमा उद्योगलाई आवश्यकजनशक्ति छनौट गर्दा स्थानीयलाई प्राथामिकता दिने, जिल्लामा उपलब्ध हुने सम्भावित जनशक्तिका बारेमा स्थानीय पालिकाहरुसंग तथ्याङ्क माग गर्ने, अर्धदक्ष जनशक्तिलाई दक्ष बनाउन तालिम प्रदान गर्ने विषयमा स्थानीय पालिकासंग साझेदारी गर्ने निर्णय गरेको छ । यसैगरि संघले उद्यमशिलता विकासको लागि उद्योगलाई आवश्यक कच्चा पद्वार्थ उत्पादनमा स्थानीयलाई प्रोत्साहन गर्ने, उद्योगहरुले स्थानीय उत्पादनलाई प्राथामिकता दिने, कृषि उद्योगमा लगानी बढाउन उद्योगीहरुलाई सहजिकरण गर्ने र आवश्यक जग्गाको व्यवश्थापन गर्न स्थानीय पालिकासंग आग्रह गर्ने निर्णय गरेको छ ।
उद्योगलाई आवश्यक कच्चा पद्वार्थ(माटो, ढुंगा, गिटी, बालुवा) सहज उपलब्ध गराउन स्थानीय सरकारले सहजिकरण गर्ने र उपभोक्तालाई सहज तथा सहुलियत दरमा प्रदान गर्ने, उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन अनुरोध गरेको छ । सरकारको हरेक गाउँपालिकामा औद्योगिक ग्राम बनाउने अवधारणालाई स्वागत गर्दै यसका लागि लगानीकर्ता भित्र्याउने, प्राविधिक सहयोग तथा समन्वयका लागि नवलपुर उद्योग संघ प्रतिवद्व रहेको समेत जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लाबाट भारत, चिन र नेपालको विभिन्न जिल्लाका करिव ५ हजार मजदुरहरु नवलपुरबाट बाहिरिएका छन् । अधिकांश मजदुरहरु पुन फर्केने अवश्था न्यून छ । केही मजदुरहरु फर्कन चाहेपनि यस परिरिस्थितिमा आउन सम्भव छैन । भारत लगायत अन्य देश र विभिन्न जिल्लाबाट करिव ३ हजार ५ सयको हाराहारीमा रोजगारी गुमाएकाहरु जिल्लामा फर्केको अनुमान गरिएको छ । यदि ती जनशक्ति दक्ष भएमा सवैलाई नवलपुरकै उद्योगहरुमा रोजगारी दिन सकिने यहांका उद्योगहरुसंग क्षमता रहेको समेत जनाईएको छ ।

Share.

Leave A Reply