आज धेरैजसो क्षेत्रमा वर्षा हुने

0

असार ७, गैंडाकोट । प्रदेश १ देखि कर्णाली प्रदेश सम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको छ | भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणालीको समेत विकास भएको छ ।

मौसम विश्लेषण

असार ०७ गते (आईतबार)

दिउँसोः  गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहनेछ | गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ।

रातीः  सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

स्रोत : नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share.

Leave A Reply