कोरोना परिक्षणको दायरा बढाईएको मन्त्री पुन मगरको दावी

0


प्रेम क्षेत्री,
असार ७, गैंडाकोट । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले कोरोना परिक्षणको दायरा बढाईएको बताउनुभएको छ । भारतबाट आएका नागरिकलाई पहिलो प्राथमिकतामा राखी परिक्षणलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
प्रदेशमा ल्याब थप भएपछि हाल दैनिक ३०० देखी ४०० सम्म परिक्षण हुने गरेको उहाँको दावी छ । प्रदेशमा २ वटा पिसिआर मेशिनमा गरि प्रदेशमा १९ जना जनशक्तीले ल्याबमा काम गरिरहेको उहाँको भनाई छ ।
उहाँले पिसिआर मेशिन किन्ने गण्डकी प्रदेश सरकार मात्र रहेको बताउनुभयो । अन्य प्रदेशले किन्न नसकेको जनाउँदै पुर्व तयारी र आंकलन गर्न नसक्नु, जनशक्ती र पालिकाहरुले एकैपटक स्वाब पठाउँदा एकैपटक लोड पर्न गएको उहाँले बताउनुभयो ।
जिल्ला जिल्लामा तत्काल पिसिआर मेशिन किनेर पठाउने विषयमा जनशक्ती लगायतका कारण तत्काल सम्भव नरहेको उहाँले बताउनुभयो ।
विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले नीति र कार्यविधीका कारण पनि केही समस्या रहेको बताउनुभयो । खरिद् ऐन लगायतका कारण पनि गाह्रो रहेको उहाँले बताउनुभयो ।
भारतबाट आउनेको सङ्ख्या धेरै र त्यो पनि एकैपटक आएकोले क्वारेन्टाईनमा व्यवस्थापन गर्न गाह्रो भएको र कोरोना संक्रमितका सङ्ख्या वढ्न गएको उहाँको दावी छ । हरेक स्थानीय तहले पालिका तहमा अनुगमन र व्यवस्थापन गर्नुपर्ने र सोही अनुसारको निर्देशन गरेको उहाँले बताउनुभयो ।
एकै स्थानमा रहेका क्वारेन्टाईन र कोठामा धेरै जना हुँदा पनि कोरोना वढि देखिएकोले यसको व्यवस्थापन ध्यान दिन आग्रह गर्नुभयो ।

Share.

Leave A Reply