नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८ हजार ६०५ पुग्यो

0

प्रेम क्षेत्री,

असार ६, गैंडाकोट / नेपालमा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ६ सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराउनुभएको हो । ४९ महिला सहित २ सय ८२ पुरुष गरि पछिल्लो २४ घण्टामा तीन सय ३१ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ७६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक हजार पाँच सय ७८ रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । ७४ जिल्लामा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनैपनि व्यक्तिको ज्यान नगएको समेत बताउनुभयो ।

नेपालमा अहिलेसम्म एक लाख ६९ हजार एक सय २५ जनाको पीसीआर विधिमार्फत र दुई लाख ५२ हजार तीन सय जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

Share.

Leave A Reply