गण्डकी प्रदेशमा ५८ जना संक्रमितहरु थपिए, नवलपुरका १७

0


प्रेम क्षेत्री,
असार ६, गैंडाकोट ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५८ जना संक्रमितहरु थपिएका छन् । ५८ जना संक्रमितहरु थप भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा नयाँ ५८ जना संक्रमितहरु थप भएको जनाएको छ । उनिहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको जनाईएको छ । उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
तनहुँका ऋषिङ गाउँपालिकाका २१ जना पुरुष, व्यास नगरपालिकाका २ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाका २ जना पुरुषमा सो पुष्टि भएको हो ।
त्यस्तै संक्रमित मध्ये नवलपुरका १७ जना रहेका छन् । बुलिङटार गाउँपालिकाका ११ जना पुरुष रहेका छन् । बौदीकाली गाउँपालिकाका १ जना पुरुष, मध्यविन्दु नगरपालिका २ जना पुरुष, विनयी त्रिवेणी गाउँपालिकाका १ जना र देवचुली नगरपालिकाको २ जना रहेका छन् । प्रदेशले अध्यावधिक गरि नसकेको भए पनि देवचुलीमा २ जनामा संक्रमण पाईएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
त्यसैगरि गोरखाको भिमसेन नगरपालिकाका ५ जनामा संक्रमण देखिएको छ । म्याग्दीको मालिका गाउँपालिकाका १ जना रहेका छन् । कास्कीको मादी गाउँपालिकाका २ जना रहेका छन् । जसमध्ये १ पुरुष र अर्का एकजना १९ महिने बालिका रहेकी छन् । स्याङ्जाको १ जना र बाग्लुङको काठेखोलाका गाउँपालिकाका ८ जना रहेका छन् ।

Share.

Leave A Reply