नवलपुरमा १७ जनामा कोरोना संक्रमण पुष्टि

0


प्रेम क्षेत्री,
असार ६, गैंडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न पालिकामा गरिएका स्वाब संकलनको पछिल्लो रिपोर्टमा १७ जनाका संक्रमण देखिएको हो ।
भरतपुरबाट प्राप्त रिपोर्ट अनुसार देवचुलीका २ जनामा संक्रमण देखिएको छ । ३१ नमुनामा २ पोजेटिभ देखिएको हो । मध्यबिन्दुको ११ नमुनामा २ पोजेटिभ रहेको छ । बिनयी त्रिबेणिको १५ नमुनामा १ पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
त्यस्तै काठमाडौंबाट प्राप्त रिपोर्ट अनुसार बौदिकालिको ३ नमुनामा १ पोजेटिभ रहेको पाईएको छ । गैडाकोटको १४ मध्ये ९ नेगेटिभ रहेको छ । भने ५ वटाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
पोखरा प्रयोगशालाबाट प्राप्त रिपोर्ट अुनसार मध्यबिन्दु ५ नेगेटिभ, बुलिङटारमा ११ पोजेटिभ र ५ नेगेटिभ रहेको उहाँले बताउनुभयो । उहाँले पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको र उनिहरु सबै क्वारेन्टीनमा रहेकाहरु रहेको बताउनुभयो । उनिहरुलाई आईसोलेसनमा लैजाने र टे«सिङको काम अघि वढाईएको छ ।

Share.

Leave A Reply