विवाह व्रतवन्धमा जम्मा १५ जनामात्रै सहभागी हुन पाउने

0

५ असार । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको छ । गृहमन्त्रालयले आज जारी गरेको बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

असार १ गतेदेखि बन्दाबन्दीको ढाँचा परिवर्तनसँगै मानिसहरुको चहलपहल वढेपछि मापदण्ड जारी गर्दै थप कडाई गरिएको हो । सुरक्षा सतर्कताका लागि यो नियम राखिएको सरकारको भनाई छ ।

 

त्यस्तै विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन नपाईने , निर्माण उत्पादन लगायत कार्यमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने ,अत्यावश्यक कामबहाहेक आफू रहेको ञ अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ ।

 

Share.

Leave A Reply