संक्रमित वढेपनि उच्च मनोवलका साथ काम गरेका छौँ ः अध्यक्ष पाण्डे (कुराकानी सहित)

0

५ असार । नवलपुरका ८ स्थानीय तहमध्ये सवैभन्दा धेरै कोरोना सक्रमित रहेपनि गाउँपालिकाको समुदाय स्तरमा संक्रमण फैलन नदिएको अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । विजय एपएमको कार्यक्रम आजको सवालमा कुरकानी गर्दै उहाँले संक्रमित यति ठूलो सख्यामा वृद्धि होला भन्ने आकलन नगरिएपनि तयारी भने भएकाले व्यवस्थापन गर्न सहज भएको बताउनुभयो ।

कोरोना महामारीको युद्ध जित्न सवै पार्टी, समुदाय एक ढिक्का भएर अघि वढेको भन्दै संक्रमित एकजनाको वाहेक सवैको अवस्था सामान्य रहेको बताउनुभयो । हालसम्म ३२ जनामा संक्रमण देखिएको र ३१ जनाको रजहर स्थित प्राकृतिक चिकित्सालय तथा एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको पाण्डेले बताउनुभयो ।

सुरक्षाका लागि नेपाली प्रहरी र स्वस्थ्यको लागि जिल्लाबाट राम्रो सहयोग प्राप्त भएको बताउँदै पीसीआर रिपोर्ट दिन ढिलाई गर्दा समस्या भएको बताउनुभयो । पीसीआर रिपोर्ट समयमै आए संक्रमित भए उपचार गराउने र नेगेटिभ आए घर पठाई नयाँ आउनेको व्यवस्थापनमा सहजाता हुने भन्दै तेस्रो मुलुकबाट आउनेक्रम पनि सुरु भएको बताउनुभयो । अहिले स्वास्थ्य संकटको अवस्था रहेकाले यो समय प्रदेश र संघले पर्याप्त वजेट दिएर जनताको जीउ जोगाइदिन उहाँको आग्रह छ ।

अहिले गाउँपालिकाले पनि अधिकतम बजेट यसैमा केन्द्रीत गरेको भन्दै संकटको बेला प्रदेश र केन्द्रले थप सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । अहिले गाउँमा राहत नभई काम दिएर विपन्न परिवारलाई भोकै नराख्ने गरी योजना संचलान भइरहेको बताउनुभयो । योजनामा काम गर्दा स्वास्थ्य सुरक्षाका सवै उपाय अपनाएको पाण्डेले बताउनुभयो ।

संक्रमितहरुको सख्यामा वृद्धि भएसँगै हुप्सेकोट गाउँपालिकाले कसरी काम गरिरहेको छ ?

संक्रमितहरुको सख्यामा वृद्धि भएसँगै हुप्सेकोट गाउँपालिकाले कसरी काम गरिरहेको छ ? गाउँपालिकामा चेतनाको स्तरलाई कसरी अघि वढाइएको छ जसले समुदायमा फैलन नपाओस ? गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे

Posted by 101.6 Vijaya FM on Thursday, June 18, 2020

Share.

Leave A Reply