पर्वतका ५ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ,गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३८०

0


माया कंडेल
असार ५, गैंडाकोट
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३८० पुगेको छ । अहिले ३२ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ३ सय ८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । आज नै पर्वत जिल्ला अस्पतालमा कार्यरत ३ महिला र २ पुरुष स्वास्थ्य कर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । जिल्ला अस्पताल पर्वतले आफु मातहत छुट्टै कोरोना विशेष अस्पताल बनाएको छ । ती संक्रमित सबै भारतबाट आएका पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

यस्तै बाग्लुङका १० जना २५, २८, ५३, २३, १८, १६, ११, १५ , २० बर्षका पुरुष र १ जना ६० बर्षीय महिला संक्रमित हुनुभएको छ ।
यस्तै तनहुका १७ जना , ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ बर्षका पुरुष र २७, २४, २९ बर्षका महिला संक्रमित हुनुभएको छ ।

Share.

Leave A Reply