जेठ २८ गते संकलित स्वावको रिपोर्ट पोखराले नदिँदा गैडाकोटमा तनाव, हराएको आशंका

0

डोलराज रानाभाट, ५ असार । पोखरामा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा काम गर्नेहरुको गम्भिर लापर्वाहीले गैडाकोटका क्वारेनटाइनमा वस्नेहरु तनावमा रहेका छन् । गत जेठ २८ गते संकलन गरी परीक्षण गर्न पोखरा पठाइएको १४ स्वावको रिपोर्ट नआउँदा तनाव भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेललाई स्वाव छोड्ने समय एक देखि दुई दिनभित्र नै रिपोर्ट दिने बताएका उनीहरुले अहिले सम्म रिपोर्ट दिएका छैनन भने अवस्थावारे वुझ्न फोन गर्दा नउठाउने गरेका छन् । हालसम्म पनि रिपोर्ट नदिँदा आफूहरुपनि तनावमा रहेको पौडेलले बताउनुभयो ।

जेठ २८ गतेको रिपोर्ट आउनामा ढिलाई हुँदा क्वारेनटाइनमा वस्नेहरुलाई सम्झाउन समेत समस्या रहेको उहाँको भनाई छ । स्वावको रिपोर्ट कहिले आउँछ भनी वुझ्न प्रदेशमा पटक पटक फोन गर्दा फोन समेत नउठाउने गरेको र प्रवक्ताको रुपमा रहेका स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा विनोद विन्दु शर्माले पनि फोन नउठाउने र रेस्पोन्स नगर्दा थप समस्या भएको छ ।

शाखा प्रमुख पौडेलले स्वाव हराएको भए वा फेरि संकलन गर्नुपर्ने भए आफूहरुलाइृ भन्नुपर्ने तर रिपोर्ट नै सार्वजनिक नगर्दा झन् समस्या मात्रै सृजना भएको बताउनुभयो । जेठ २८ गते सकलित स्वाव भरतपुले लिन नमानेपछि पोरखा पठाइएको थियो । अहिले भने भरतपुरले स्वाव लिने र समयमै रिपोर्ट दिने गरेको छ ।

यसैविच फोन पनि नउठाउने र रिपोर्ट पनि नदिने गरेपछि त्यहाँ कार्यरत कर्मचारीले स्वाव हराइदिएको आशंका वढेको छ । जेठ ३१ गते पठाएको रिपोर्ट आउँदा पनि त्यस अघि नै पठाएको स्वावको रिपोर्ट नआएपछि हराएको आशका गरिएको हो । यता स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले आफूहरु पनि त्यसवारे वुझ्ने क्रममै रहेको तर फोन पनि नउठाउने र म्यासेजको रिप्लाई पनि नदिँदा समस्या भएको बताउनुभयो ।

Share.

Leave A Reply