गैंडाकोट १८ मा विजुली बत्तीको आशा, कामले गति लियो

0


माया कंडेल
असार ४, गैंडाकोट

उमेरले ६० काटेका गैंडाकोट १८ बसेनीका सहविर आले अहिले छोरा नातिले विजुलीको पोल गाडन खाल्डो खन्ने काम गर्दै गरेको हेरेर फुरुङग हुनुहुन्छ । सिसामा मटितेल हालेर, अगेनामा आगो बालेर उज्यालो बनाएर रात कटाएर र काम गरेको अनुभव छ उहाँसंग , त्यहि सम्झदै भन्नुहुन्छ ।

विजुली बाल्ने रहर गैंडाकोट १८ का निलाम्बर रुचालको पनि छ । छोराछोरीले सहज पढन पाउछन अनि वडामा गर्नुपर्ने फोटोकपि लगायतका साना साना कामका लागि विद्युत छिटो आईदिए सहज हुन्छ भन्ने आशा छ । विद्युतकै लागि काम भईरहेको देख्दा उहाँ खुशी पनि हुनुहुन्छ ।

स्थानीय प्रेमलाल माप्छनका अनुसार जनप्रतिनिधि निर्वाचित भएर गाउँमा आएपछि गाउँमा विकास भएको छ । अहिले विद्युतको काम भईरहदा सम्पन्न भएपछि गर्ने कामको पनि स्थानीयले योजना बनाईसकेका छन । उनिहरुले कुखुरा पाल्ने संगै अन्य काम र व्यवसाय गर्दै अर्थोपार्जन गर्ने हो ।


विद्युत आएपछि दैनिक काममा सहजता त हुन्छ नै , झ्याल ढोका बनाउन अनि काठको काम गर्ने सिपालु गैंडाकोट १८ का कर्णबहादुर माकीम मगरलाई विजुली आएपछि काममा सहज हुने बताउनुहुन्छ ।

गैंडाकोट १८ का ५/६ वटा टोलमा विद्युत पु¥यानका लागि अहिले विद्युतको काम लगभग ७० प्रतिशत सकिएको र तिब्ररुपमा काम भईरहेको विद्युत कार्यालय कावासोतीका प्रमुख मधुसुदन यादवको भनाई छ । उहाँले करिव ४ करोडको लागतमा विद्युतको काम गर्न लागिएको र तोकिएको समय भन्दा पहिले नै काम सकिने पनि बताउनुभयो ।

विजुलीको पर्खाईमा रहेका स्थानीयमा विजुली गाउँमा आउने भयो र तिब्र रुपमा काम भईरहेको देख्दा उत्साह छाएको छ । पहिले जस्तै पोल गाडने विजुली आउछ भन्दै आशा देखाएर निराश बन्नुपर्ने अवस्था आउनेछैन भन्नेमा अहिले भने स्थानीय ढुक्क छन ।

Share.

Leave A Reply