बेलटाँणी टोलको वातावरण स्वच्छ र हरियाली बनाउन २४० विरुवा रोपण

0

डोलराज रानाभाट, ४ असार । गैंडाकोट नगरपालिका वडानम्वर ८ मा रहेको बेलटाँणी टोल विकास संस्थाले टोलको वातावरण स्वच्छ र हरियाली बनाउन २४० वटा विरुवा रोपेको छ ।

बातावरणमैत्री कार्यक्रम अन्तर्गत समी,तेजपत्ता,चेरी,अशोक,धुपी,म्याङ्गोस्टीक सहित सदावहार हरियाली हुने विरुवाहरुको रोपण गरिएको अध्यक्ष खगेश्वर गौंडेलले जानकारी दिनुभयो ।

प्रमुख अतिथि समाजसेवी तिलकप्रसाद सापकोटाले समीको विरुवा रोपण गरी उद्घाटन गरिएको कार्यक्रममा बोल्दै सचिव खुमनाथ पौडेलले भित्री सकडकका दुवै तर्फ विरुवा रोपण गरी टोललाई हरियाली बनाइराख्ने बताउनुभयो ।

 

कार्यक्रममा नगर उपप्रमुख विष्णुकुमारी कडेंल सापकोटा, वडाअध्यक्ष डिलाराम रिजाल सहित टोलविकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागीतामा विरुवाहरु रोपिएको समाजसेवी खेमराज सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply