जोरविजोरमा रहेर खुकुलो गराउदै जाने की फेरि पूर्ण लकडाउनमा फर्कने नागरिकमा निर्भर छ ःप्रजिअ भट्टराई (पुरा कुराकानी सहित)

0

डोलराज रानाभाट, ४ असार । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जोर विजोर के का लागि गरिएको हो भन्ने वुझ्न नागरिकसँग आग्रह गर्नुभएको छ । हिजो घरबाट वाहिर नै नआउनुहोस भनीरहदा आज जोर विजोरमा आफ्नो कार्य गर्न सरकारले दिएको छुटको पनि विरोध गर्दा कोरोना महामारीमा पुन पूर्ण लकडाउनमा फर्कनुपर्ने अवस्था आउने भन्दै सचेत हुन सवैमा आग्रह गर्नुभएको छ ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै प्रजिअ भट्टराइले चितवन नवलपुर समुदायमा कोरोना फैलन नपाएको जिल्ला भएकाले थप सचेत भए कोरोना महामारीको युद्ध जित्नेमा विश्वस्त रहेको बताउनुभयो । तर प्रशासनले लगाएको नियम परिधि भित्र रहन भने उहाँको आग्रह छ । वैँक वित्तीय संस्था, सरकारी कार्यालय आदि ठाउँमा भीड कम हुने उद्देश्यले मोटरसाइकलमा पनि जोर विजोर प्रणाली लागु गरिएको भन्दै देशका अझैपनि केही जिल्लामा पूर्ण लकडाउन भएको सम्झाउदै भोलि पुन त्यही अवस्थामा जान नपरोस् भनी नियमलाई कडाइका साथ लागु गरिएको उहाँको भनाई छ ।

 

नागरिकलाई परेका समस्याहरु सुन्न प्रशासन सधैँ तयार रहेको भन्दै उहाँले विरामी, असक्त ज्यष्ठ नागरिकलाई नरोकिएको उहाँले बताउनुभयो । लकडाउन हुँदा पनि त्यसमा सचेत रहेको र अहिले पनि त्यसमा कुनै रोकतोक नभएको भट्टराईको भनाई छ । जिल्लामा ४० जनामा कोरोना संक्रमण देखिएपनि ३४ जना चिकित्सकको निगरानीमा र एक जनाको निधन वाँकी निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो । डाक्टरमै कोरोना देखिएपछि समुदाय स्तरमा फैलियो की भन्ने डर भएको तर अहिले पीसीआर परीक्षणलाई तीव्रता दिएर आएका रिपोर्टहरुले समुदायमा नफैलिएको उहाँको भनाई छ ।

साथै अहिले चितवन जिल्लामा भारतबाट आउनेहरुको सख्यामा कमी भएको तर अन्य मुलुकबाट आउने जिल्लावासीलाई काठमाण्डौबाट होटल गंगोत्रीमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखिने र त्यसपश्चात सम्वन्धित वडाका क्वारेनटाइनमा सुरक्षित पठाएर पीसीआर परीक्षणपछि मात्रै घर पठाउने गरी योजना बनेको बताउनुभयो ।

 

साथै कोरोना अस्थायी अस्पताल पूर्ण मर्मत पछि संचालन आउने र त्यहाँ चोरी भएको भनिएका घटनाका विषयमा छानविन भइरहेको उहाँको भनाई छ । ऐन, नियम कानुन विपरीत काम गर्ने कसैलाई छुट नहुने र कारवाहीको दायरमा ल्याउने उहाँले प्रष्ट पार्नुभयो ।

Aajako Sawal

लकडाउनको ढाँचा परिवर्तन पछि कोरोना महामारी नियन्त्रणमा चितवन प्रशासनको योजना के छ ? मोटरसाइकलमा जोर विजोर प्रणाली हटाउन सम्भव छ ?

Posted by 101.6 Vijaya FM on Wednesday, June 17, 2020

Share.

Leave A Reply