गैंडाकोट १ र मध्यविन्दुका १७ जनामा कोरोना संक्रमण पुष्टी,जिल्लामा ८४ पुगे

0

डोलराज रानाभाट, ४ असार । गैंडाकोट नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा ३० जनाको भने नेगेटिभ आएको छ ।

उहाँको थप विवरण आउन वाँकी छ । त्यस्तै पोखरामा गरिएको स्वाव परीक्षणमा मध्यविन्दु नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । थप विवरण आउन वाँकी छ ।

 

हिजो मात्रै जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टी भई कुल सख्या ६६ पुगेको थियो । यो सँगै गैडाकोट नगरपालिकामा कोरोना संक्रमितको सख्या ५ पुगेको छ भने मध्यविन्दुमा २२ जना पुगे ।

 

त्यस्तै हुप्सेकोटमा २३ जना, वौदिकालिमा १३ जना, देवुचलीमा ८ जना, कावासोती र विनयी त्रिवेणीमा ६/६ जना र बुलिङटारमा १ जना रहेका छन् । जिल्लामा कोरोना संक्रमितको सख्या ८४ पुगेको छ । अन्तिम रिपोर्ट नेगेटिभ आएर घर फर्किनेको सख्या २ रहेको छ ।

Share.

Leave A Reply