आकर्षण वढ्दै छ जेन्ट्स पार्लरमा, ए वान ले २० जनालाई नि:शुल्क तालिम दिने

0

डोलराज रानाभाट, ३ असार । कमर्श अध्ययन सकेर अजय लामाले कैंची खेलाउन थालेको १२ वर्ष वढि भयो । नारायणगढको चमेली बिग बजारमा पसल रहेको लामाले अहिले ५ जना कर्मचारी राखेर सेवा दिँदा पनि भ्याई नभ्याई छ ।

प्रोपाइटर ः अजय लामा, ए वान जेन्ट्स पार्लर, चमेली बिग बजार, नारायणगढ

लकडाउनले असर त गरेको छ तर वातावरण सहज हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । विस २०६७ सालमा चितवन मै पहिलो जेन्ट्स अर्थात पुरुषको लागि पार्लर भन्दा धेरैले नाक खुम्चयाउथे भने आफन्तले पनि राम्रो पेशा रोजेन भन्थे ।

तर मन भित्रैबाट इच्छा भएपछि वाहिरी वातावरणले केही असर गर्दैन भन्ने प्रमाणीत गर्न लामा सफल हुनुभयो । आफ्नो छर छिमेकका लाहुरे हुँदा उहाँको परिवारले पनि सुझाव नदिनु भएको होइन तर लामा पुरुषका लागि पार्लर खोल्नेमा एक ढिक्का हुनुभयो र अन्तत चितवनमा साविक भरतपुर नगरपालिकामा दर्ता गरी सेवा दिन सुरु गर्नुभयो । काठमाण्डौमा पढ्दै गर्दा लामा आफ्ना दिदीको पार्लर गइरहनुहुन्थ्यो । जसले उहाँलाई यसतर्फ थप आकर्षण वढायो । महिलाका लागि पार्लर हुन्छ भने पुरुषका लागि किन नहुने ? उहाँको यही प्रश्नको समाधान खोज्दा लामालाई ३ वटा व्यवसायको मालिक बनायो ।

५ लाख ५० हजारबाट सुरु भएको उक्त व्यवसाय अहिले २५ लाखमा पुगेको छ । पुरुषहरुमा मात्रै केन्द्रीत उक्त पार्लरले अहिले महिलाहरुलाई पनि समेट्न पुगेको छ । लामो खटाई, मेहनत र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दिन सुरु गरिएको पार्लरबाट ग्राहक सन्तुष्ट हुँदै गएपछि स्थापनाकै २ वर्षमै महिलाहरुका लागि पनि सेवा दिन थालिएको थियो । जसले काठमाण्डौमा लामाको कपाल काटेका थिए उनैलाई अहिले  जागिर दिनुभएको छ । उक्त पार्लरमा ५ जनाले प्रत्यक्ष रोजगार पाइरहनुभएको छ भने १५ देखि २० जनाले यही वाट सिकेर आफ्नै व्यवसाय संचालन गर्नुभएको लामा बताउनुहुन्छ ।

विदेश जाने धेरैलाई पनि उहाँले सिकाइसक्नुभएको छ । कपाल काट्ने सेवा बाट सुरु भएको उहाँको पार्लरबाट अहिले पुरुषहरुका लागि कपाल काट्ने, डेडलक बनाउने, हेयर कल, हाइलाइट, कपाल नहुनेहरुका लागि वीग हाल्ने, हेयर स्ट्रेट, हेयर क्यारिटिन र महिलाहरुका लागि कपाल सम्बन्धी, मेकअप सम्वन्धी सम्पूर्ण सेवा, हेयर एक्टेन्सन लगायतको सेवा दिइएको छ । नयाँ डिजाइनिङ र ग्राहकसँग सरल रुपमा प्रस्तुत हुने उहाँको सफलताको गुण हो ।

वाहिर कपाल काट्दा एउटै टावेल धेरैलाई प्रयोग गर्ने, उकुशमुकुश हुँदै कपाल काट्नुपर्ने लगायतका व्यक्ति ए वान मा छिरेपछि पाउने सुविधा ले नै  लोभिन्छन् । लामा भन्नुहुन्छ,“हाइजेनिक सेवा नै ग्राहक सन्तुष्टीको मुख्य आधार हो । ” कुनै वेला नाक खुम्च्याउने आफन्तहरु पनि अहिले आफ्नो पेशालाई वुझेकोमा उहाँ खुशी हुनुहून्छ । आफू सहित चितवन नवलपरासीमा उहाँहरुको छुट्टै समूह छ जसले पुरुषलाई ह्यान्सम गराउने काम गर्नुहुन्छ भने मूल्य, बजारको अवस्था, नयाँ डिजाइनिङ आदिवारे छलफल हुन्छ । महिलाहरु आफूलाई शुन्दर, शरिरलाई सन्तुलन र स्वास्थ्य राख्न भएपनि तालिम लिने र सिक्ने गर्दा अहिले पुरुषहरुमा पनि आफ्नो व्यक्तित्वलाई स्वास्थ्य र तन्दुरुस्त राख्नुपर्छ भन्ने वुझाइ आएको , जसले जेन्ट्स पार्लरको भविष्य थप उज्जवल रहेको लामाको दावी छ । तर सेवा दिँदा कन्जुस्याई नगर्न उहाँको सुझाव छ ।

 

१० औँ वर्ष पुरा गरी ११ औँ वर्ष प्रवेशको अवसरमा आज पत्रकार सम्मेलन गरी लामाले बिपन्न वर्गका २० जनालाई निशुल्क तालिम दिने बताउनुभएको छ । कोरोना भाइरस महामारीका समय वार्षिकउत्सवमा ठूलो कार्यक्रम गर्न नपाएपनि उहाँले विपन्न वर्गलाई पनि मालिक गराउने योजना सहित निशुल्क कोर्ष गराउने घोषणा गर्नुभएको हो ।

 

वेसीक र एडभान्स गरी ४० हजारको कोर्ष हुने र लकडाउनका साथै कोरोना भाइरसको महामारी कम हुनासाथ तालिम निशुल्क गराउने उहाँले बताउनुभयो । साथै विदेशबाट आएका युवाहरुलाई पनि मध्यनजर गरी छुट मूल्यमा तालिम संचालन गर्ने योजना रहेको उहाँको भनाई छ । कपाल काटेर मात्रै पनि महिनामा १ लाख सम्म कमाउन सकिने भन्दै आफ्नै मातृभूमिमा रहेर सेवा गर्न पाउँदा र जेन्ट्स पार्लर वारे वुझाउन सफल भएकोमा उहाँ दङ्ग हुनुहुन्छ ।


अहिले लामा ए वान जेन्ट्स पार्लर सँगै विग क्याफेको मालिक र मामासँगको सहकार्यमा प्लाष्टिकको रिसाइकल गरी पाईप बनाउने कम्पनीको पनि प्रमुख व्यक्ति हुनुहुन्छ ।

Share.

Leave A Reply