आज ५ सय ८६ जनामा संक्रमण, संक्रमितहरुको सङ्ख्या ७ हजार १ सय ७७

0


प्रेम क्षेत्री असार ३, गैंडाकोट ।
आज ४० जना महिला र ५४६ पुरुष गरि ५ सय ८६ जनामा कोभिड १९ संक्रमण देखिएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा कोभिड १९ को संक्रमण देखिएको होे ।
यो सँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका कुल संक्रमितहरुको सङ्ख्या ७ हजार १ सय ७७ पुगेको छ । जसमध्ये ५ सय ३९ महिला र ६ हजार ६ सय ३८ पुरुष रहेका छन् ।
७३ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ९ जना डिस्र्चाज भएका छन् । सबै पुरुष रहेका छन् । हालसम्म १ हजार १ सय ६७ जना अस्पतालबाट डिस्र्चाज भई घर फर्किएका छन् ।
आज थप एक जनाकोमृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् ।

Share.

Leave A Reply