काँग्रेस महामन्त्री कोइराला गैँडाकोटमा, विपी स्मृति भवनको अवलोकन

0


गोविन्द रिमाल
असार ३, गैंडाकोट । नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रा. डा. शशांक कोइरालाले गैँडाकोटमा निर्माणाधीन विपी स्मृति भवनको अवलोकन गर्नुभएको छ ।

उहाँले मुलुक कोरोना महामारीको संकटबाट जुधिरहेको अवस्थामा सचेत र सतर्क रहँदै पार्टीको तर्फबाट योगदान दिन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभएको छ । सो क्रममा भवन निर्माणको करिब ९० प्रतिशत कार्य सम्पन्न भएको निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले जानकारी गराउनुभएको थियो । नेपाली काँग्रेस गैँडाकोटका नगर सभापति तारापति खरेलले हाल नगरपालिकाभित्र भैरहेका गतिविधिका बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गुरूराज घिमिरे, महासमिति सदस्य एवं समाजसेवीहरू मदनभक्त अधिकारी, भरत तिवारी, गजेन्द्र आलेमगर, क्षेत्रीय सभापति द्रोण वनसन्यासी, नेतृहरू संगिता घिमिरे, शान्ति न्यौपाने, नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, समाजसेवी कमल पराजुली, लक्ष्मण कार्की, गोविन्द घिमिरे, मुकुन्दप्रसाद पौडेल, शोभाखर रिमाल लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply