बर्थिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा, सञ्चालन गर्न रकम अभाव

0


प्रेम क्षेत्री,
असार ३, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १८ मा बर्थिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
भौतीक निर्माणको कार्य लगभग सकिएको रतनपुर स्वास्थ्य चौकीका प्रमुख एवम् हेल्थ असिस्टेन्ट पुष्पराज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बर्थिङ सेन्टरको भवन निर्माण कार्य सम्पन्न भईसकेको छ कार्यालय व्यवस्थापन र उपकरण व्यवस्थापन गर्ने हो भने सेवा सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । त्यस्का लागि केही रकम अपुग देखिएको उहाँको भनाई छ । केही उपकरण यसअघि नै आईसकेका छन् । यदि यी कार्य व्यवस्थापन भएको खण्डमा साउनदेखी नै सेवा सुचारु गर्न सकिने उहाँले बताउनुभयो । गर्भावस्थामा वर्षौदेखि विभिन्न दुःख भोग्दै आएका गैंडाकोट १८ का महिलाहरुलाई सहज सवास्थ्य सेवा प्रदान गर्न पनि बर्थिङ सेन्टरलाई छिट्टै पूर्णता दिनुपर्ने स्थानीयको माग छ । गर्भवती महिलालाई जोखिमपूर्ण यात्रा गर्न नपर्ने अवस्था सिर्जना गर्न एम्बुलेन्ससँगै सुरक्षित सेवा प्रदान गर्न केही उपकरण जुटाउनुपर्ने रतनपुर स्वास्थ्य चौकीका प्रमुख पुष्पराज श्रेष्ठले बताउनुभयो ।


पानीको व्यवस्थापन र बिजुलीको काम बाहेक अन्य काम लगभग सम्पन्न भएको बर्थिङ सेन्टर निर्माण समितिका उपाध्यक्ष पदमबहादुर आलेमगरले बताउनुभयो । उहाँले रकम निकासा गर्न लागिएको समेत बताउनुभयो । बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न रकम जुटाउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।
बर्थिङ सेन्टरका निर्माणका लागि वडाबाट ११ लाख र गैंडाकोट नगरपालिकाबाट ५ लाख गरी १६ लाख रुपैयाँ बजेट विनियोजन भई भवन निर्माण कार्य अघि वढेको थियो । टेन्डर आÞवान गरेपनि २ वर्षसम्म बनाउन कोही ननिस्किएपछि वडाबासीको सक्रियतामा नै बर्थिङ सेन्टर निर्माण कार्य अघि वढेको थियो । गैंडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेका अनुसार बर्थिङ सेन्टर सम्पन्न गर्नका लागिअझै ५ देखि ७ लाख रुपैयाँ आवश्यक पर्ने आंकलन गरिएको छ । त्यसका लागि नगरपालिकामा कुरा भईरहेको उहाँको भनाई छ ।
नगर स्वास्थ्य शाखाले यसवर्ष वडामा ७१ जना गर्भवतीले सेवा लिएको हुनुपर्ने लक्ष्य दिएको थियो । सुत्केरी अस्पतालमा गराउँदा राम्रो भन्ने थाहा हँुदाहुँदै पनि वडामा बर्थिङ सेन्टर नभएपछि यहाँका महिलाहरु असुरक्षित रुपमा सुत्केरी हुन वाध्य छन् ।

Share.

Leave A Reply