हुप्सेकोटका १५ जना संक्रमितको ट्रेसिङ सकियो, संक्रमितको सङ्ख्या २३ पुग्यो

0


प्रेम क्षेत्री, असार ३, गैंडाकोट ।
हुप्सेकोट गाउँपालिकामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हुप्सेकोटमा संक्रमितको सङ्ख्या २३ पुगेको छ ।
हुप्सेकोटमा २५ गते संकलन भएका पिसिआर नमुना परिक्षणमा सो पुष्टि भएको गाउँपालिकाले जनाएको छ । पोखरामा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा सो पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबै पुरुष रहेका छन् । संक्रमण पुष्टी हुनेहरु सवै क्वारेनटाइनमा वसेकाहरु रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।


आज पुष्टि भएका संक्रमितहरु मध्ये वडा नम्बर २ का १० जना रहेका छन् । उनिहरु जनता आधारभुत विद्यालय हुप्सेकोट २ गुँहेरीमा क्वारेन्टिनमा रहेकाहरु हुन् । उनिहरु मध्ये १ जना बम्बईबाट र बाँकी हिमाञ्चलबाट १४ गते सुनौली नाकाबाट गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिन स्थलमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर ५ का एक जना रहेका छन् । सरस्वती प्रावि हुप्सेकोट ३ गिरुवारीको क्वारेन्टिनमा रहेका उनि भारतको बम्बईबाट १५ गते सुनौली नाकाबाट गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिन स्थलमा आएका उहाँले बताउनुभयो ।
त्यसैगरि वडा नम्बर ६ का ४ जना रहेका छन् । सरस्वती प्रावि हुप्सेकोट ३ गिरुवारीको क्वारेन्टिनमा रहेका उनिहरु भारतको बम्बईबाट १५ गते सुनौली नाकाबाट गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा स्थलमा आएको उहाँको भनाई छ ।

Share.

Leave A Reply