विश्वमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघ्यो

0


असार ३, गैंडाकोट । विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख ६४ हजार नाघेको छ । अहिलेसम्म ८२ लाख ६४ हजार ४ सय जना संक्रमित भएका वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएकामध्ये ४३ लाख वढि निको भएका छन् । अहिलेसम्म ४३ लाख २१ हजार ४ सय ९८ जना निको भएका हुन् । संक्रमणका कारण ४ लाख ४६ हजार १ सय ३५ जनाको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । भारतमा ११ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८७ हजार ५ सय ५२ जना निको भएका छन् ।
विश्वभरमा सबैभन्दा धेरै संक्रमित हुनेमध्ये २२ लाख ८ हजार ४ सयसहित अमेरिका पहिलो स्थानमा छ भने ९ लाख २८ हजार ८ सय ३४ सहित ब्राजिल दोस्रो तथा ५ लाख ४५ हजार ४ सय ५८ सहित रुस तेस्रो स्थानमा छन् ।
विश्वभरमा अहिले ३४ लाख ९६ हजार ७ सय ६७ जनाको उपचार भइरहेको र तीमध्ये ५४ हजार ५ सय ९४ संक्रमितको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरले जनाएको छ ।

Share.

Leave A Reply