नवलपुरका थप १७ जनामा कोरोना संक्रमण पुष्टी

0

डोलराज रानाभाट, ३ असार । नवलपुर जिल्लाका थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरामा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै जिल्लामा कोरोना सक्रमितको सख्या ६६ पुगेको छ । संक्रमण पुष्टी हुनेमा सवै पुरुष हुनुहुन्छ ।

हुप्सेकोट गाउँपालिकाका १४ जना,मध्यविन्दु नगरपालिकाका २ जना १६ र ३० वर्षीय र पालिका खुल्न वाँकी १ जना २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । कावासोती नगरपालिकाका १ जना ३७ वर्षीय पुरुषमा भने हिजो नै सक्रमण पुष्टी भएको थियो । प्रदेशले आजको विज्ञप्तीमा समावेश गरेको हो । यसरी जिल्लामा संक्रमितको सख्या ६६ पुगेको छ । प्रदेशमा भने कोरोना संक्रमितको सख्या २४७ पुगेको छ । पालिका नखुलेको बताइएका पुरुष पनि हुप्सेकोटकै रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । यसरी हुप्सेकोटमा आज १५ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेहरु सवै क्वारेनटाइनमा वसेकाहरु रहेको चापागाइको भनाई छ ।

आज पर्वत जिल्ला फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय पुरुष तथा ४६ वर्षीय १ महिलामा संक्रमण देखिएको हो ।

 

हेर्नुहोस् विज्ञप्ती

Share.

Leave A Reply