नवलपुबाट संकलित १६७ स्वावको रिपोर्ट नेगेटिभ

0

डोलराज रानाभाट, ३ असार । विभिन्न मितिमा नवलपुरमा संकलित १६७ स्वावको रिर्पोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशालामा देवचुलीबाट पठाइएको ४८ स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै पोखरामा परीक्षण गरिएको हुप्सेकोटबाट पठाइएका १५ स्वाव, बुलिङ्टार बाट पठाइएको ७० स्वाव र मध्यविन्दुबाट पठाइएको ३४ स्वावको रिपोर्ट नेगेटिभ आएको हो ।

 

विभिन्न पालिकामा निर्माण गरिएका क्वारनेटाइनमा वस्नेहरुको स्वाव संकलन गरिएको पठाइएकोमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउने तयारी गरिएको छ ।

 

जिल्लामा हालसम्म ४९ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये दुई जना मात्रै अन्तिम रिपोर्ट नेगेटिभ आएर घर पठाइएको छ ।

Share.

Leave A Reply