लागुऔषध विक्रि गर्ने एक महिला सहित ३ जनालाई गैंडाकोट प्रहरीले पक्रियो, २० दिन म्याद थप

0

डोलराज रानाभाट, २ असार । लागु औषध विक्रि वितरण गर्ने ३ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको छ । इलाका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाका अनुसार पक्राउ पर्नेहरुमा एक महिला सहित २ जना पुरुष रहेका छन् ।

गैंडाकोट १० का २७ वर्षीय धनवहादुर कुमाल, सोही ठाउँका ३० वर्षीय राजकुमार ताम्राकार र गैडाकोट १२ वस्ने २३ वर्षीय सविता पाठक रहेको थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रतिवन्धित लागुऔषध डाइजापाम, फेनारगन, वुफ्रिनोरपिन गरी १९ थान विक्रि वितरण भइरहेकै अवस्थामा पक्राउ गर्न सफल भएको थापाले बताउनुभयो ।

 

उनीहरुको साथबाट १९ हजार २ सय रुपैया नगद पनि वरामद भएको र आजै २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

Share.

Leave A Reply