गैंडाकोट १ का २३ वर्षीय पौडेलको शव फेला

0

डोलराज रानाभाट, २ असार ।  गैडाकोट नगरपालिका वडानम्वर १ का एक पुरुषको आज शव फेला परेको छ । कालिका फेदिका २३ वर्षीय राजन शर्मा पौडेल रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

 उनको शव आज माछा मार्न गएकाहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

गैडाकोट ७ गद्धी स्थित नारायणी नदीको वीचमा अड्कीएको अवस्थामा र्याफ्टीङको सहायताबाट शव निकालेर पोष्टमार्टमा का लागि भरतपुर अस्पताल पठाइएको थापाले विजय एफएमलाई जानकारी दिनुभयो ।

Share.

Leave A Reply