होटलमा पनि क्वारेनटाइन निर्माण वारे छलफल गरिनेछ ः अध्यक्ष सुवेदी (पुरा कुराकानी सहित)

0

डोलराज रानाभाट, २ असार । गैंडाकोट नगरपालिकाका नगरस्तरीय क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष एवम गैंडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले नगरभित्र हाल ७ वटा स्थानमा क्वारेनटाइन निर्माण गरिएको जानकारी दिनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुरागर्दै अध्यक्ष सुवेदीले ती क्वारेनटाइनमा हाल १६४ जनालाई राख्न सकिने बताउनुभयो ।

स्थापना भएदेखि आज विहानसम्म क्वारेनटाइनमा २२१ जना वसेका छन् । आज २३ जना सहित क्वारेनटाइनबाट १३२ जना पीसीआर रिपोर्ट नेगेटिभ आएर घर गइसकेका छन् । पीसीआर परीक्षणविना घर नपठाइएको भन्दै अध्यक्ष सुवेदीले अव होटलमा पनि क्वारेनटाइन निर्माण वारे छलफल गरिने बताउनुभयो । अन्य मुलुकबाट नेपालीहरुलाई ल्याउने नेपाल सरकारको योजना अनुसार सोही अनुरुप होटलमा आफ्नै खर्चमा वस्न चाहानेहरुलाई सोही अनुसारको व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

नगरले बनाएको क्वारेनटाइनमा पनि सकेसम्म व्यवस्थित पारिएको भन्दै खाना र वस्नमा अहिले कुनै समस्या नरहेको बताउनुभयो । साथै स्थानीय स्तरमै सम्वन्धित क्वारेनटाइन उप समितिहरु गठन गरिएको र उहाँहरुको सक्रियताले पनि थप सहज भएको उहाँको भनाई छ । क्वारेनटाइन भित्र वस्नेहरु थप सचेत भइदिए महामारी नियन्त्रण गर्न गैंडाकोटमा समस्या नहुने भन्दै अध्यक्ष सुवेदीले समिति निर्माण गर्दा काम गर्न सक्नेहरुलाई प्राथमिकता दिएको बताउनुभयो ।

 

अहिले राजनीति स्पेश खोज्ने वेला नभएको भन्दै क्वारेनटाइन रहेको स्थानमा स्थानीय स्तरबाट सुरक्षाका लागि व्यक्ति राखिएको र प्रहरीबाट पनि निगरानी भइरहेको बताउनुभयो ।

 

नगरभित्रका क्वारेनटाइनलाई कसरी व्यस्थित गरिदै छ ? के पर्याप्त छन् त क्वारेनटाइन ? नगर स्तयरीय क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष एवम् गैडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदी

Posted by 101.6 Vijaya FM on Monday, June 15, 2020

Share.

Leave A Reply