बुलिङटार मै पहिलो पटक प्राविधिक कक्षा संचालन गरिदै, आवास सहित कम शुल्कमा पढाईने

0

मनप्रसाद भाट, ३ असार । नवलपुरको बुलिङ्टार गाउँपालिकामै पहिलो पटक प्राविधिक शिक्षाको पढाई हुने भएको छ । वडानम्वर ६ भारतीपुर अत्रौलीमा रहेको शिव माविमा यसै शैक्षिक सत्रबाट सिभिल एवम ओभरसियरको १८ महिने कक्षा सुरु हुने भएको हो ।

 

प्लम्वर, इलेक्ट्रीक, भवन, कुलो, नहरको डिजाइनिङ सम्वन्धी कक्षा विद्यालयको आफ्नै भवनमा विहान ६ बजेदेखि १० बजेसम्म संचालन हुने प्रधानाध्यापक ओम कुमार श्रेष्ठले जानकारी दिनुभयो । सीटीई भिटी बाट सम्वन्धन प्राप्त गरी ४२ जनासम्मको कोटामा एसइइ परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई भदौ महिनाबाट कक्षा संचलान गर्ने गरी तयारी पुरा भएको उहाँले बताउनुभयो् ।

 

भर्नाका लागि इच्छुक विद्यार्थीहरुलाई आवेदन खुल्ला रहेको र नेपालभरमै सवैभन्दा सस्तो शुल्कमा पढाउने प्रअ श्रेष्ठले बताउनुभयो । यसै वर्षबाट सुरु हुने यो कार्यक्रमले निम्न आयस्तर भएका विद्यार्थी जो प्राविधिक शिक्षा अध्ययन गर्न चाहान्छन् उनीहरुलाई ठूलो सहयोग हुने भएको हो ।

१८ महिनाको उक्त कोर्ष पुरा गर्न ५० हजार रुपैया मात्रै लाग्ने गरी पढाइने भएको बताउनुभयो । आवास सहितको सुविधा सम्पन्न भवन,गाउँपालिकाबाट सहयोग प्राप्त कम्प्युटर सहितको सुविधा रहेको छ । सीटीईभिटीइबाट वार्षिक रुपमा प्राप्त हुने १० लाख अनुदानले भ्रमण छात्रवृत्ति समेत उपलब्ध हुने प्रअ श्रेष्ठको भनाई छ । साथै गाउँपालिकाका बोटे जातीका लागि भने सवै नि:शुल्क व्यवस्था गरिएको छ ।

यस्तै बुलिङटार गाउँपालिका वडानम्वर १ ढाँडवेशीमा पनि बाली बिज्ञान कक्षा ९ देखि १२ सम्म संचालन गरिने भएको छ । कृषि सँग सम्वन्धित विषयहरु पढाई हुने भएको हो । शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरबाट सम्वन्धन लिएर उक्त विषयको कक्षा सुरु हुने भएको हो ।

यसरी गाउँपालिकामा पहिलो पटक पढाई हुने भएपछि आर्थिक अभावमा प्राविधिक शिक्षा पढ्नबाट बञ्चित विद्यार्थी र आर्थिक स्रोत कम रहेका अभिभावकहरुलाई ठूलो राहत मिल्ने भएको छ ।

Share.

Leave A Reply