एकैदिन ११७ जना संक्रमित घर फर्के, ३८० कोरोना संक्रमित थपिए, ६ हजार ५ सय ९१ पुगे

0

काठमाडौं, असार २
पछिल्लो २४ घण्टामा १ सय १७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय १७ जना संक्रमित उपचारपछि निको भएर घर फर्केको बताउनुभयो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन् ।

प्रवक्ता गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

 

Share.

Leave A Reply