गैंडाकोट १८ का अधिकांश योजना सम्पन्न

0


प्रेम क्षेत्री
असार २, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १८ मा आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित अधिकांश योजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्षका लागि गैंडाकोट १८ मा तोकिएका विभिन्न १८ शिर्षकहरुमध्ये एक तिहाई योजना सम्पन्न भईसकेका छन् ।
जसमध्ये गैंैडाकोट वडा नम्बर १८ का सम्पूर्ण बाटोहरु मर्मत भईसकेका छन् ।

टाडी मटकुरी र माथिल्लो हुर्जिल जोड्ने नयाँ ट्रयाक यसै आर्थिक वर्षमा सम्पन्न भएको छ । बसेनीदेखी डोँडे जोड्ने नयाँ ट्रयाक बाटो निर्माण गरिएको छ भने हात्तिसाल बाटो मर्मत गरिएको छ । वडागत योजना बनाउँदा भौगोलिक अवस्थितीका कारण सहज सडक नभएको अवस्थामा एक वस्तिदेखी अर्को वस्ति जोड्ने गरि सडक निर्माण गर्नेगरि नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरि बजेट विनियोजन गरिएको थियो ।


त्यसैगरि वर्थिङ सेन्टर, स्वास्थ्य कार्यालय, वडा कार्यालय र हुलाक रहेको स्थानमा कम्पाण्ड वाल निर्माण कार्य पनि सम्पन्न भएको वडा अध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य चौकीमा रहेको सोलारमा विद्युत तार मर्मत साथै कम्प्युटर फर्निचर खरिद, हुर्जिल त्रिशुली डाडामा खानेपानी सोलार खरिद गरिएको छ ।


देउराली आधारभुत विद्यालय मर्मत, बालज्योती मावि मर्मत, विरेन्द्र आधारभुत विद्यालय मर्मत, टाडी मटकुरीमा सरस्वती बाल शिक्षा सञ्चालन तथा मर्मत गरिएको छ । वडा नम्बर १८ को भैपरी आउने वडा स्तरिय योजनाहरुलाई निरन्तरता दिईएको उहाँको भनाई छ । त्यसैगरि महिला स्वस्थ्य स्वयम्सेविकालाई मासिक भत्ता २०० का दरले ६ जनालाई उपलब्ध गराईएको छ ।


विपद् व्यवस्थापन लगायतका केही योजनाहरु जारी रहेका छन् । कोभिड १९ को त्रास र लकडाउनका कारण केही योजनाहरु प्रभावित बन्न पुगेको वडा अध्यक्ष चितौरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाख्रा पालन, कुखुरा मौरीपालन प्रवर्धन प्रोत्साहन तथा खोर सुधार, बाख्रा पालन तालिम साथै उन्नत जातका बोका वितरण, कागती, केरा, सुन्ताला, अम्रिसो र तेजपत्ता विरुवा खरिद, बंगुर पालन र कालो जातका बंगुरका बच्चा वितरण कार्यक्रम प्रभावित बनेका छन् । यी कार्य यहि आर्थिक वर्षभित्र नै समय अनुकुल पारेर वडाबासीलाई प्रदान गरिने उहाँले बताउनुभयो ।
साथै नगर, प्रदेश र संघबाट विनियोजित योजनाहरु निरन्तर चलिरहेको उहाँले बताउनुभयो ।

विद्युतिकरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पकेट क्षेत्र घोषणा गरिएका क्षेत्रगत कार्यक्रमहरु पनि निरन्तर सञ्चालनमा रहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply