नवलपुरमा आज ३ जना कोरोनाका नयाँ संक्रमित थपिए

0

डोलराज रानाभाट, २ असार । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार आज मात्रै नवलपुर जिल्लामा थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । भतरपुरको कोभिड १९ प्रयोगशालमा गरिएको स्वाव परीक्षणका क्रममा कावासोती नगरपालिका वडानम्वर ३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । ५२ जनाको स्वाव पठाइएकोमा अन्य ५१ जनाको रिपार्ट भने नेगेटिभ रहेको छ । यसरी गत आइतवार पठाइएको ७७ स्वाव पठाइएकोमध्ये अन्य सवैको रिपोर्ट नेगेटिभ आएको हो ।

त्यस्तै पोखरामा गरिएको स्वाव परीक्षणमा मध्यविन्दु नगरपालिका वडानम्वर १० का एक युवामा संक्रमण पुष्टी भएको हो । २५ स्वावमा २४ नेगेटिभ रहेको छ ।

पोजेटिभ देखिएका युवामा कुनै लक्षण नरहेको र उहाँलाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा राखिने भएको छ । दिल्लीबाट जेठ १४ गते राति साँढे ११ बजे आइपुगेर सिधै क्वारनेटाइन वस्नुभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै विनयी त्रिवेणी गाउँपालिका वडानम्वर २ का १८ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको छ । ३ स्वाव मध्ये अन्य दुई को भने रिपोर्ट नेगेटिभ छ ।

यसरी जिल्लामा कुल संक्रमितको सख्या ४९ पुगेको छ । रिपोर्ट नगेटिभ आइ निको हुनेको सख्या २ रहेको छ ।

गण्डकी प्रदेशमा थपिए १८ संक्रमित

यसैविच गण्डकी प्रदेशमा आज मात्रै १८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा विनोद विन्दु शर्माले बताउनुभयो ।

संक्रमण देखिएका मध्ये स्याङ्जा जिल्लाका चापाकोट नगरपालिकाका ४ जना पुरुषमा, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ महिला सहित ८ पुरुष र वारपाक सुलिकोट गाँपालिकाका २ जना पुरुषमा, नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका १८ वर्षीय एक जना पुरुषमा, मध्यविन्दु नगरपालिकाका एक १९ वर्षीय पुरुषमा, कास्की जिल्लाको पोखरा महानगरपालिकाका २१ वर्षीय एक पुरुष र वाग्लुङ जिल्ला ताराखोला गाउँपालिकाका एक ३४ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

सवै भारतबाट फर्किएका र सबैजना सम्वन्धित जिल्लाको क्वारेनटाइनमा रहनुभएको र उहाँहरुलाई जिल्लामा रहेका आइसोलेसमा ल्याउने तयारी भइरहेको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको सख्या २२३ पुगेको छ ।

Share.

Leave A Reply