गैंडाकोटमा आज ३१ जनाको स्वाब संकलन

0


प्रेम क्षेत्री, असार १, गैंडाकोट ।
गैंडाकोटमा सोमबार आज ३१ जनाको स्वाब संकलन गरिएको छ । विभिन्न समयमा भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुको आज स्वाब संकलन गरि कोभिड १९ परिक्षणका लागि भरतपुर अस्पताल पठाईएको गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाईनमा निश्चित अवधि पुरा गरेका २ जना महिला र २९ जना पुरुषको स्वाब संकलन गरिएको हो । यसरी स्वाब संकलन गरिएकाहरु मध्ये लक्ष्मि मावि, मुकुन्दसेन कभर्डहल र जनशक्ती आधारभुत विद्यालयमा क्वारेन्टाईनमा बसेकाहरु रहेका छन् ।
यसअघि गैंडाकोटमा आईतबार २५ जनाको स्वाब संकलन गरिएको थियो । संकलित स्वाब कोभिड १९ परिक्षणका लागि भरतपुर अस्पताल पठाईएको थियो । त्यसैगरि गत सोमबार १४ जनाको स्वाब संकलन गरि पोखरा परिक्षणका लागि पठाईएको थियो । एक हप्ता वितिसक्दा समेत पोखरा पठाईएको नमुनाको रिपोर्ट आउन सकेको छैन । यी दुवै स्थानमा पठाईएको ५६ वटा स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।

Share.

Leave A Reply