नवलपुरमा कोरोनाका ४६ संक्रमित, वौदीकाली ४ का २० वर्षीय पुरुषमा आज संक्रमण पुष्टी

0

डोलराज रानाभाट, १ असार । नवलपुर जिल्लामा कोरोना संक्रमितको सख्या ४६ पुगेको छ । आज भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशामा गरिएको स्वावमा वौदीकालि गाउँपालिका वडानम्वर ४ का २० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उहाँको सहित गाउँपालिकाबाट पठाइएको २४ स्वावमा २३ जनाको भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइले जानकारी दिनुभयो । आज उहाँ सहित भरतपुर महानगरपालिका वडानम्वर १४ वस्ने वर्ष ३६ की एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै ताराकेश्वर ५ नुवाकोट वस्ने वर्ष ६ र वर्ष ३१ का महिला ,भुमिकास्थान ६ अर्घाखाची वस्ने वर्ष २० ,वर्ष ३५ र वर्ष ३५ का पुरुष गरि कुल ७ जनामा कोभिड(१९ पुष्ठी भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालमा आएका सल्यानका ८६ स्वाव, भरतपुर अस्पतालका १, भरतपुर क्यान्सर अस्पतालका १८,सी.एम.सीका ९,सि.एम.एसका ३१,नुवाकोटका ३२, अर्घाखाचिका १२१, भरतपुर महानगरपालिकाका ३३, खैरहनी नगरपालिकाका ८, सेन्ट्रल अस्पतालका १, नवलपुरका २४ गरि जम्मा ३८१ नमुना परीक्षण भएको मध्ये ७ जनाको पोजेटिभ र ३७४ रिपोर्ट नगेटिभ आएको छ ।

यसैविच आजै तनहुँ जिल्लामा ५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

 

उहाँहरुलाई तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

Share.

Leave A Reply