एकलौटी निर्णयले जनक कलेजमा क्वारेनटाइन निर्माण गरिएको भन्दै काँग्रेसको आपत्ती

0

३२ जेठ । जनक कलेज गैंडाकोट ५ मा एकलौटी रुपमा क्वारेनटाइन निर्माण गरिएको भन्दै नेपाली काँग्रेस गैडाकोट ५ ले आपत्ती जनाएको छ । वडा सभापति गोविन्द घिमिरेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै काँग्रेसबाट निर्वाचति जनप्रतिनिधि सहित काँग्रेस पार्टीमा वडाबाट प्रतिनिधित्व गर्ने कोही व्यक्तिसँग सरसल्लाह नगरी कोरोना महामारीको विरुद्ध एकजुट भई लड्नुपर्ने समयमा पनि एकलौटी रुपमा निर्णय गरेर अघि वढ्न खोजेको भन्दै आपित्ति जनाइएको छ ।

 

वडाभित्रका क्वारेनटाइन निर्माण गर्दा नेपाली काग्रेस सहित अग्रज व्यक्तिहरु, जनप्रतिनिधि,टोल विकास संस्था समेत वेखवर हुनु अत्यन्त दुखद रहेको भन्दै यो प्रवृत्तिले सामाजिक भावनामा गम्भीर ठेस लागेको विज्ञप्तीमा भनिएको छ । साथै नयाँ क्वारेनटाइन व्यवस्थापन गर्दा लागेको खर्चको विस्तृत विवरण सहित सार्वजनिक गर्न र दैनिक खर्च तथा क्वारेनटाइनमा वसेका व्यक्तिहरुको संख्या दिनहुँ सार्वजनिक गर्न पनि अपिल गरिएको छ ।

 

विज्ञप्तीमा भनिएको छ,“ क्वारेनटाइन प्रचार गर्ने र खर्च गर्ने भाडो नवनाई वास्तविक पीडितले उचित खानपिन र वस्ने व्यवस्था मिलाउन आग्रह गर्दछु । ” यदी खर्चविवरण पारदर्शी नगर्ने र त्यहाँ रहनुभएको व्यक्तिहरुलाई खानपान र वसोवासको व्यवस्थापन राम्रो नभए विरोधमा उत्रने चेतावनी पनि दिइएको छ ।

 

यता वडाअध्यक्ष नवराज कडेँलले विजय एफएमसँग कुराकानी गर्दै यो पार्टीका लागि कोटा वितरण गरिएको कार्य नभएको भन्दै भोलि भयावह स्थिती हुन सक्ने अवस्थालाई मध्यनजर गरेर नगर समितिलेको आग्रहलाई मानेर आफूले क्वारेनटाइन बनाएको भन्दै यसमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो । जसले काम गर्छ उसैलाई प्राथमिकता दिएको भन्दै खर्च विवरणमा पूर्ण पारदर्शी हुने बताउनुभयो ।

Share.

Leave A Reply