सुत्केरी महिलाका लागि अण्डा, माक्स र सेनीटाइजर वितरण

0


माया कंडेल, जेठ ३२ गैंडाकोट ।
नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको ११ औं स्मृति दिवसको अवसरमा सुत्केरी महिलाका लागि पोषणयुक्त खाना सहित विभिन्न सामग्री वितरण गरिएको छ ।
गैंडाकोटका विभिन्न वडामा रहेका १ महिनाभित्रका सुत्केरी महिलालाई अण्डा, माक्स र सेनीटाइजर वितरण गरिएको हो । नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको ११ औं स्मृति दिवस जेठ २९ गतेबाट नै पोषिलो आहाराको रुपमा अण्डा वितरण गरिएको नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष एवं समाजसेवी शान्ती न्यौपानेले जानकारी दिनुभयो । उहाँले प्रजातान्त्रिक आन्दोलनको अग्रपंक्तिमा उभिने निडर योद्धाको सम्झनामा कार्यक्रम गरिएको र अन्य आवश्यकता परेका १ महिना भित्रका सुत्केरी महिलालाई पनि आगामी दिनमा वितरण गरिने बताउनुभयो । लकडाउनका कारण समेत प्रभावित बनेका महिला दिदि बहिनीहरुलाई त्यसमाथी आवश्यक पोषण सहयोग गर्न पाउँदा खुशी लागेको न्यौपानेले बताउनुभयो ।


कार्यक्रममा गैंडाकोट वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोेटाले आफ्नो वडामा सहयोग कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न सुझाव दिनुभयो । कार्यक्रममा स्वास्थ्य स्वयम्सेविका पार्वती भण्डारी, प्रतिमा चापागाई, नेपाली कांग्रेस गैंडाकोट ६ का वडा सभापति हेमलाल सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply